एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा सेफिल्ड युनाइटेडमाथि सहज जित निकालेको छ । स्टार फरवार्डद्धय मोहम्मद सलाह र साडियो मानेको गोलसँगै लिभरपुलले सेफिल्डमाथि २–० को सहज जित निकालेको हो ।

प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले २० खेल खेल्दा अपराजित रहन सफल रहेको छ । लिभरपुलले १९ जित र १ बराबरीमो नजिता निकालेको छ । प्रिमियर लिगमा लिभरपुल लिगको नवौं चरणमा म्यानचेस्टर युनाइटेडसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
जितसँगै लिभरपुलले उपाधि यात्रालाई थप बलियो बनाएको छ । लिभरपुलको २० खेलबाट ५८ अंक रहेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंकले तथा तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १४ अंक बढी हो ।

एनफिल्डमा खेलको चौथो मिनेटमा नै सलाहको गोलबाट घरेलु टोलीले खेलमा अग्रता लिएको थियो । सलाहले एन्ड्रिउ रोवर्टसनको पासमा गोल गर्न सफल भएका थिए । सेफिल्डलाई लगातार दवावमा राखेपनि दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

छैटौ मिनेटमा एलेक्सजेन्डर अर्नाेल्डको प्रहार बाहिरियो । १२औं मिनेटमा जोर्डन हेन्डरसनको प्रहारलाई गोलरक्षक डिन हेन्डरसनले बचाए । ३०औं मिनेटमा एलेक्सजेन्डर अर्नाेल्डको अर्काे प्रयास गोलरक्षककले विफल पारिदिए । ५७औं मिनेटमा रोवर्टाे फिर्मिनो गोल गर्नबाच चुक्यो ।

६१औं मिनेटमा सलाहको प्रहार पोस्टमा लागेर फर्कदा लिभरपुल अग्रता लिनबाट चुक्यो । ६४औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलाई २–० को सहज जित दिलाए ।hamrokhelkud



