एजेन्सी,
अभिनेता सलमान खान आउँदो इदमा फिल्म ‘राधे’ लिएर आउँदैछन् । यो फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् । सलमान र प्रभुबीच तेस्रो पटक सहकार्य भएको हो । यसअघि ‘दबंग ३’ र ‘वान्टेड’ मा दुईबीच सहकार्य भइसकेको छ । ‘राधे’ पछि सलमानको फिल्म कुन हुनेछ भन्ने अनुमान लगाउन सुरु भएको छ । उनले ‘राधे’ पूरा भएपछि मात्र नयाँ फिल्म गर्नेछन् ।
यसबीच, सलमानले निर्देशक कबीर खानसँग नयाँ फिल्म गर्नसक्ने चर्चा चलेको छ । बक्सअफिस वर्ल्डवाइडमा छापिएको रिपोर्ट अनुसार, कबीर खानले रणवीर सिंह र दीपिका पादुकोणसँग ‘८३’ को छायांकन सकेपछि सलमानलाई नयाँ फिल्मको आइडिया सुनाएका छन् । सलमानलाई फिल्मको कन्सेप्ट मन परेको बताइएको छ । तर, दुईबीच कागजी सम्झौता भने भएको छैन ।
कबीरले स्क्रिप्ट लेखिसकेपछि सलमानले यो प्रोजेक्ट गर्नका लागि अनुमति दिनसक्ने सम्भावना छ । यसअघि सलमान र कबीरबीच ‘एक था टाइगर’, ‘बजरंगी भाइजान’ र ‘ट्यूबलाइट’ मा सहकार्य भएको थियो । तर, ‘ट्यूबलाइट’ बक्सअफिसमा असफल भएपछि उनीहरुको सम्बन्धमा दरार आएको चर्चा चलेको थियो । अब पुनः दुईबीच सहकार्य हुने खबरले दर्शकमा खुसी छाएको छ ।
हाल प्रदर्शनरत सलमान अभिनीत फिल्म ‘दबंग ३’ को कुरा गर्ने हो भने फिल्मले एक हप्तामा १ सय २५ करोड छाप्न सफल भएको छ । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मको बक्सअफिस कलेक्सनमा ठूलो गिरावट आएको छ । फिल्मको लाइफटाइम कलेक्सन डेढ सय करोड हुने अनुमान गरिएको छ । रिलिज पूर्व फिल्मले तीन सय करोड कमाउने विश्लेषण गरिएको थियो ।flmykhabar



