

केनले नयाँ वर्षको दिन साउथह्याम्पटनसँग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेको थिए । खेलको ६५औं मिनेटमा केन चोट बोक्दै मैदानबाट बाहिरिएको थियो । केनको बिहीबारको प्रारम्भिक परीक्षणबाट तीन साता आराम गर्नुपर्ने उल्लेख गरिपनि शुक्रबार विस्तृत परीक्षणपछि उनी कम्तीमा पनि आठ साता बाहिर रहने पक्का भएको क्लबले उल्लेख गरेको छ ।

चोटसँगै केनले आठ साताको अवधिका च्याम्पियन्स लिगसँगै महत्वपुर्ण खेलहरु गुमाउनेछन् । केनले मिडल्सवर्गसँगको एफए कप, प्रिमियर लिगमा लिभरपुल, वाटफोर्ड र नर्विच सिटी, म्यानचेस्टर सिटी, चेल्सी, वाटफोर्ड र बर्नलीविरुद्धको खेल गुमाउन सक्नेछन् । १६ फ्रेब्रुअरीमा घरेलु मैदानमा हुने आरबी लेइपजिगसँगको पहिलो लेगको खेल गुमाउनेछन् । ११ मार्चमा हुने दोस्रो लेगको लागि तयार हुन सक्ने क्लबले जनाएको छ ।

केन आठ मैदान बाहिर रहने पक्का भएसँगै प्रिमियर लिगमा चौथो स्थानको चेल्सी पछ्याइरहेको टोटेनहमलाई झनै समस्या हुन सक्नेछ । केनको विकल्पमा प्रशिक्षक मौउरिन्होलाई खेलाडी छनोटमा पनि समस्या हुन सक्नेछ ।

प्रतिबन्धपछि ह्युङ मिन सन टोलीमा फर्किएका छन् । लुकास मौउरा र टिरोए पारोटलाई प्रशिक्षक मौउरिन्होले विकल्पको रुपमा अघि सार्न सक्नेछ । टोटेनहम ३० अंक जोडेर छैटौ स्थानमा रहेको छ ।hamrokhelkud



