मूल खबर

सत्य, धर्म र समृद्धिको संबाहक शक्ति राप्रपा: कमल थापा

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य, धर्म र समृद्धिको संबाहक शक्ति राप्रपा भएको बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको तीन नम्बर प्रदेश स्तरीय भेलालाई आज सम्बोधन गर्दै थापाले धर्म,संस्कृतीको पक्षमा रहेको जनमतलाई शक्तिमा रुपान्तरण गर्ने गरि काम गर्न निर्देशन दिए ।

जनता मालिक भएर निर्णय गर्ने समयमा मात्र सत्य र धर्मको जित हुने चर्चा गर्दै थापाले सत्य र धर्मको जितको अवस्थामा राप्रपाको भबिष्य उज्वल हुने र त्यो अबस्थामा राप्रपाको प्रगती र बिजय यात्रालाई कसैले रोक्न नसक्ने दाबी गरे । धर्मको नाश भएपछि समाजमा ब्यभिचार बढ्ने भन्दै उनले महिलामाथिको दमन, शोषण र हिंसाको बिरोधमा शसक्त भएर देखिने गरि उभिन संगठनलाई आग्रह गरे ।

निर्मला पन्तको बलात्कार पछिको हत्या जस्ता जघन्य घटना देशब्यापी रुपमा बढ्दै जानू तर सरकारले न्यायको प्रत्याभुती दिन नसक्नु लज्जाको बिषय भएको बिचार ब्यक्त गरे । सबै धर्मका बिचमा समानता र धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र, चुनाबी राजनिती भन्दा माथि उठेको राजसंस्था तथा स्वायत्त शासनमा आधारित सुदृढ स्थानिय निकायको जगमा मात्र नेपाललाई बलियो मुलुक बनाउन सकिने थापाको धारणा थियो।

कार्यक्रममा पार्टीका वरिष्ठ नेता दिपक बोहरा, प्रदेश ३ अध्यक्ष बिक्रम बहादुर थापा, संगठनकि अध्यक्ष कुन्ती शाही, महिला नेतृहरु बिन्दु पहाडी, निना भेटवाल, सुनिता कुरुङ्वाङ,नानू नगरकोटी,प्रदेश सांसद रिता माझी लगायत बोलेका थिए । भेलाले नानू नगरकोटी अध्यक्षतामा १५ सदस्यीय ३ नम्बर प्रदेश महिला कमिटी गठन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button