मूल खबर

वर्द्धवान रेलवे स्टेशनको एउटा भाग भत्किँदा एकजनाको मृत्यु

वर्द्धवान रेलवे स्टेशनको एउटा भाग भत्किँदा एकजनाको मृत्यु

कोलकाता : पश्चिम बङ्गालको वर्द्धवान रेलवे स्टेशनको एउटा भाग शनिबार राति अचानक भत्केर झर्दा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्। घाइतेहरूलाई वर्द्धवान मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि हाल तिनीहरू उपचाराधीन अवस्थामा छन्। रेलवे विभागले दिएको जानकारीअनुसार वर्द्धवान रेलवे स्टेशनको प्रवेशद्वारको एउटा भाग भत्किँदा उक्त घटना घटेको हो। रेलवे पुलिस मामिलाको जाँच शुरू गरेको छ।

सीएए-को समर्थनमा भाजपाद्वारा घरदैलो अभियान

मालदा : मालदा जिल्ला भाजपा कार्यकर्ताहरूले आज घर-घर गएर नागरिकता संशोधन कानुन-को समर्थनमा प्रचार गरे। मालदाको इङ्ग्लिशबजार नगरपालिकाको 1 नम्बर महेशपुर इलाकाबाट भाजपा कार्यकर्ताहरूले आज बिहान उक्त प्रचार अभियान शुरू गरेर मानिसहरूलाई यसबारे जागरूक गराउँदै लिफलेट पनि वितरण गरे। यस अवधि उत्तर मालदा केन्द्रको भाजपा सांसद खगेन मुर्मु, भाजपाका राज्य महासचिव सुब्रत चट्टोपाध्याय, जिल्ला भाजपा अध्यक्ष गोविन्द मण्डल, स्थानीय पार्षदलगायत धेरै संख्यामा भाजपा कार्यकर्ताहरू उपस्थित थिए।

धेरै मात्रामा फेन्सिडिल जफत
बालुरघाट : गोप्य सूचनाको आधारमा बीएसएफ 199औँ बटालियनका जवानहरूले लालपुर इलाकाबाट धेरै मात्रामा फेन्सिडिल जफत गरे तापनि यस सम्बन्धमा कसैलाई पक्राउ नगरिएको बताइएको छ। शनिबार अबेर राति उक्त फेन्सिडिल बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको समय बीएसएफका जवानहरूले अभियान चलाएर 2 हजार बोतल फेन्सिडिल जफत गरेको हो। जफत गरेको फेन्सिडिलको अनुमानित बजार मूल्य 3 लाख 8 हजार 5 सय 40 रुपियाँ रहेको बताइएको छ।


युवतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

मालदा : मालदाको मानिकचक थाना पुलिसले एउटी युवतीको हत्या गरेको आरोपमा अतिउर रहमान नामक युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गत शनिबार मानिकचक थाना अन्तर्गत पर्ने कमालपुर गाउँको सुनसान ठाउँमा अज्ञात युवतीको खुनले लतपत अवस्थामा अर्धनग्न शव उद्धार गरेको थियो। जाँचमा जुटेर पुलिसले उक्त युवती बिहारको किशनगञ्ज निवासी रेशमी बेगमको रूपमा चिन्हित गरेको बताइएको छ। यसपछि पुलिसले युवतीको परिवारका सदस्यहरूसँग सोधखोज गरेपछि कमालपुरको अतिउर रहमान नामक युवकसँग रेशमी बेगमको सम्बन्ध रहेको थाहा पाएपछि पुलिसले तिनलाई पक्राउ गरे। तथापि, अतिउरले रेशमीको हत्या नगरेको बताए। आरोपी अतिउर रहमानलाई आज अदालतमा पेश गरेर पुलिस हिरासतमा पठाएको छ। प्राप्त जानकारीअनुसार गत चार वर्षदेखि रेशमीको अतिउर रहमानसँग सम्बन्ध रहेको साथै दुवैजना मुम्बईमा सँगै बस्दै आइरहेका थिए। एक वर्षअघि रेशमीले अतिउरलाई लिएर आफ्नो घर फर्किआइन्। चार महीना अघि अतिउरले रेशमीको बाबुसँग डेढ़ लाख रुपियाँ मागेको साथै रुपियाँ नपाएछि अतिउरले सम्बन्ध विच्छेद गर्ने धम्की दिएको बताइएको छ। अतिउरले नै रेशमीको हत्या गरेको भन्ने रेशमीको बाबु शेख मोशरफले आरोप लगाएका छन्।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button