खेलकुद

ओल्डट्राफोर्डमा सिटीको सानदार जित

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टर डर्वी भिडन्तमा युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटीले पहिलो लेगमा सफलता हात पारेको हो ।

ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भा र रियाद महारजेले गोल गरे । एक गोल उपहार पाएको थियो । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो ।

खेलको १७औं मिनेटमा केल वाल्करको पासमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३३औं मिनेटमा बर्नार्डाे सिल्भाकै पासमा रियाद महारेजले गोल गर्दै अग्रत दोब्बर पारे । ३९औं मिनेटमा आन्द्रेस पेरेराले आत्मघाती गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाएको थियो ।

७०औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटी ३–१ ले विजयी भयो ।

दोस्रो लेग सिटीको मैदानमा ३० जनवरीमा हुनेछ । यसैलाई निरन्तरता दिन सके सिटी फाइन्लमा प्रवेश गर्नेछ । युनाइटेडलाई फाइनलमा प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक छ ।

लेस्टर सिटी र एस्टन भिल्लाबीचको पहिलो लेगको अर्काे सेमिफाइनल खेल आज हुदैछ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button