
मेचीनगर । मेचीनगरका सामाजिक अगुवा तथा लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा जोडीएका मेचीनगर ६ शान्ति रमाईलो निवासी ईन्द्रबहादुर राईको शनिबार साँझ निधन भएको छ ।
शालिन र समाजसेवामा अग्रसर राई यस क्षेत्रका एक सामाजिक अगुवा समेत रहेका थिए । लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा जोडीएका उनी एक सादगी कम्युनिष्ट कार्यकर्ताका रुपमा समेत रहेका थिए । समाज सुधार र विकास निमार्णका कार्यमा अग्रसर राईको निधनले यस क्षेत्रले र नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) ले एक असल अगुवा गुमाएको नेपाल कम्युनिष्ट पार्टी का जिल्ला सदस्य डिल्लीराम घिमिरेले बताए । राईको आज ११ बजे टोकला चिया कमान स्थित सालघारीमा अन्त्येष्टि गरिने थाहा भएको छ ।



