मूल खबर

उपसभामुखद्वारा फेरी पनि राजीनामा दिन अस्वीकार

न्युज अफ नेपाल, काठमाडौँँ ।

उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आइतबार बिहान पनि राजीनामा दिन अस्वीकार गरेकी छन्।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै पार्टीबाट चयन हुन नपाउने प्रावधानका कारण नेकपाले सभामुख पद लिएर उपभामुख अन्य दललाई दिन उहाँको राजीनामा मागेको हो।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि पार्टीको तर्फबाट उम्मेद्ववारी दिने निर्णय गर्दै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्पष्ट पार्नुभयो।

यद्यपि सभामुखको उम्मेदवारको विषयमा भने अझै कुनै निर्णय भएको छैन। प्रवक्ता श्रेष्ठले पनि यसबारे कुनै प्रतिक्रिया दिन चाहनुभएन। गत असोज दोस्रो सातादेखि सभामुख पद रिक्त रहँदै आएको छ। सत्तारूढ नेकपाले यसको टुंगो नलगाउँदा प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नसकेको छैन।

डा. तुम्बाहाङ्फेले राजीनामा गर्न अस्वीकार गरेपछि आइतबारको संसद बैठक माघ ६ गतेका लागि सारिएको छ। सभामुखमा आफ्नो दाबी राख्दै हिँडेकी डा. तुम्बाहाङ्फेले राजीनामा दिन फेरि पनि अस्वीकार गरेपछि नेकपा नेतृत्व अप्ठ्यारोमा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button