खबर

पेचिलो बन्दै सभामुख चयन

प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया थप पेचिलो बनेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्ग्याउन नसक्दा सदनको कारबाही रोकिएको छ ।

दुई अध्यक्षबीच उम्मेदवार कसलाई बनाउने पटक–पटक छलफल भए पनि परिणाम निस्कन सकेको छैन । आइतबार बिहान पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भए पनि निर्णय हुन सकेन ।

शनिबार सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो तर तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय नभएसम्म राजीनामा नदिने अडान लिएपछि दुई अध्यक्षले निर्णयबारे जानकारी दिन पुनः आइतबार बिहान उनलाई बैठकमा बोलाएका थिए । पार्टीको निर्देशन, उपसभामुखको अडान र सभामुखको उम्मेदवार चयन नभएको त्रिपक्षीय चपेटामा संसद् परेको छ ।

उपसभामुखको प्रतिक्रियापछि दुई अध्यक्षले पुनः पार्टी निर्णयमा सहयोग गर्न आग्रह गरेका थिए । निर्णयबारे तुम्बाहाङ्फेले आफ्नो धारणासमेत दुई नेतालाई सुनाएकी छन् । परामर्श बैठकमा दुई अध्यक्षलाई पार्टी निर्णयबारे आफ्नो जवाफ दिएको भेटपछि तुम्बाहाङ्फेले बताइन् ।गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button