खबर

१८ जना फरार प्रतिवादी समातिए

न्युज अफ नेपाल, मोरङ ।

इलाका प्रहरी कार्यालय पथरीले १८ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेकाहरुलाई जिल्ला अदालत मोरङमा बुझाएको छ ।
जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा बहुबिबाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबरजस्ती करणी मुद्धामा कैद तथा जरीवाना फैसला भई हाल सम्म पनि फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको हो ।

पुस महिनामा मात्र इलाका प्रहरी कार्यालय पथरीले अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका १८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी बुझाईसकेको छ भने फरार प्रतिवादीहरुलाई पक्राउ गर्न बिशेष टोली नै खटाई पक्राउ अभियान संचालन भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button