
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा न्यु क्यासलसँग पराजित हुदा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । चेल्सी न्यु क्यासलसँग उसकै मैदानमा १–० ले पराजित भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले हार बेहोरेको हो ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न दुवै टोलीले चुकिरहेको थियो । खेल भर नै चेल्सीले घरेलु टोलीलाई दवावमा राखेपनि इन्ज्युरी समयमा गोल खादै पराजित हुन पुग्यो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा इसाक हेडेनले गोल गर्दै चेल्सीलाई स्तब्ध पारे ।
हारपछि चेल्सी २३ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । न्यु क्यास २९ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।
यता, टोटेनहम वाटफोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीका ट्रोय डेनी पेनाल्टी चुक्दा टोटेनहम हारबाट जोगियो । वाटफोर्डसँग बराबरी खेल्दै टोटेनहमले लिगमा अपराजित यात्रालाई ७ खेलमा पुर्याएको छ ।

पहिलो हाफमा वाटफोर्डका गोलरक्षक बेन फोस्टरले टोटेनहमका नथानियल चालबा र लुकास मौराको प्रहार जोगाएका थिए ।
बराबरी नतिजासँगै टोटेनहमले २३ खेलबाट ३१ अंक जोडेको छ । वाटफोर्ड २३ अंक जोड्दै रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ ।
अन्य नतिजा
आर्सनलविरुद्ध सेफिल्ड (१–१)
ब्राइटनविरुद्ध एस्टन भिल्ला (१–१)
नर्विचविरुद्ध बर्नमाउथ (१–०)
साउथह्याम्पटनविरुद्ध वल्भ्स (२–३)
वेस्टह्यामविरुद्ध एभर्टन (१–१)



