खबर

अविवाहित किशोरीले जन्माईन अस्पतालको बाथरुममा मृत शिशु

काठमाडौँ ।
कक्षा ११ पढ्ने एक किशोरी पेट दुख्ने समस्या लिएर अस्पताल पुगेकी थिइन्। अस्पतालमा पुगेकी उनले बाथरुममा शिशुलाई जन्म दिइन्। असुरक्षित प्रसवका कारण जन्मिएपछि शिशुको मृत्यु भएको हो। घटना सार्वजनिक भएपछि किशोरीका परिवारजन अचम्मित बनेका छन्। किशोरी अविवाहित हुन्। घटनाका बारेमा जानकारी पाएपछि अस्पताल पुगेको प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो सबै घटना छात्राबासकी अध्यक्ष हेमलता नागका अगाडि भएको हो। उनले उक्त घटना दबाउनका लागि झुट बोलेको समाचारमा उल्लेख छ। जस कारण उनलाई निलम्बन पनि गरिएको छ। रिर्पोटका अनुसार १७ वर्षीया छात्रालाई बुधबार पेटको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। जहाँ उनले एक मृत बच्चालाई जन्म दिइन्।

छोरी गर्भवती भएको र उनले एक मृत बच्चालाई जन्म दिएको घटना थाहा पाएपछि परिवार अचम्मित बनेका छन्। मामिला प्रेमको हो। रिर्पोटका अनुसार युवतीले दुई वर्षदेखि आफू गाउँकै एक युवकसँग प्रेम सम्बन्धमा रहेको बताएकी थिइन्। अस्पताल प्रशासनले मृत शिशु युवतीको आमाबाबुलाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको उल्लेख छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button