

कमल प्रसाद मिश्र
कहिल्यै ननासिने ,न सुरु नत अन्त्य अर्थात न अनत्य स् अहिल्यै सुरु र समाप्त नहुने धर्म लाई नै वैदिक सनातन धर्म भनिन्छ अनी यहिं धर्म को अकाट्य आधार भनेको सदगुरु देव भगवान का नित्य श्वास बाट प्रकटित वेद र वेद निरुपित ग्रन्थ पुराणहरु हुन।
त्यसैले जवसम्म भगवानको श्रृष्टि रहन्छ तव सम्म सनातन धर्म रहिरहन्छ ।तर एकदिन जन्मिएको बस्तुको स्वाभाविक अन्त्य हुन्छ भन्ने सास्वत त्य मान्यताअनुसार समयको कालखण्डमा जन्मिएका अन्य धर्म र मार्ग हरुको एकदिन न एकदिन अन्त्य हुन्छ ।यसका लागि समय र धैर्यता मात्र आवस्यक हुन्छ है।
प्रिय महानुभाव,
वेद भनेको भगवान को साक्षात स्वरुप भएका ले वेद तथा पुराणहरु ले जे कुरा निरुपण गरिदिएका छन त्यही अनुसार मार्ग अवलम्वन गर्नुलाई नै सनातन धर्म भनिन्छ र यस धर्मभित्र नै तामस ,राजस अनी सात्विक विकार अनुरुपको भावमा चल्ने जीवात्मा लाई तीनै भाव अनुसारको गति प्राप्त हुन्छ भने कर्मकान्ड ,ज्ञानकान्ड र उपासना अर्थात भक्ति मार्ग अवलम्वन गर्नेको प्रस्थानबिन्दु पनि अलगरअलग हुने कुरा स्वयमं वेद र पुराणहरुमा उल्लेख गरिएको पाईन्छ।
यस कारण स्जे कुरा वेद शास्त्र मा छ त्यहीं अनुसार भाव अर्थात स्तर अनुसार चल्ने गुरुको मार्गनिर्देशन अनुरुप अंगिकार गरिएको धर्म मान्ने लाई सनातनी भनिन्छ।तर आज यहि सनातनी वैदिक धर्मका अनुयायी हौ भन्ने हरुले वेद र पुराणहरूमा उल्लेख नभ एका बिषयहरुलाई नै आफ्नो आश्थाको धरोहर बनाएर हिडेको देखिदा अचम्म मात्र हैन दुख लागेर आउछ यस्ता महानुभावहरुलाई अव वैदिक सनातनी भन्नै कि स्वार्थ सिद्धक नामापराधि भन्ने रुनत्र वेद र पुराणमा कहिं कतै नभ एको अनेकौ कथा प्रसंगमा आजभोली धर्मको आडमा किन गतिविधि हुन्छन् ,मलाई आजभोली प्रश्न गर्न मन लाग्छ श्री स्वस्थानी ब्रत कथाका उपासक लाई स्वस्थानी ब्रत कथा र गरिने कर्म अनी एक महिनासम्म फसिने ब्रत वारे वेदका कुन ऋचा अनी पुराणहरू का कुन श्लोक ले ब्याख्या गरेको होलारुयसैले पन्डित पुरोहित ले ब्यवसाय वनाउन लागेको अडकलपच्चु ग्रन्थ स्वस्थानी पढेर समय बर्वाद गर्नु अनी दुर्लभ मनुष्य देसलाई भगवानको प्रेम प्राप्त गर्न तद उन्मूख साधना पथ रोज्नूपर्नेमा असल पति पाउने ,हराएको छोरा फर्काउने ,महारानी बन्ने सपना रुपी ललीपप ख्वाउन उद्दत स्वस्थानी जस्ता मगन्ते भिखारी बनाउने ग्रन्थ का पछि लाग्ने परम्परा अगाल्नु लाई कदापी वैदिक सनातनी हिन्दु भनिदैन है।हामीले जानेर या नजानेर होस यस्ता अवैदिक कुरा गरेर र पछि लागेर धर्मका नाममा हरेक हिउंदको एक महिने समय जसरी बर्वादी गर्दैछौ यसबाट नोक्सानी बाहेक अरु केही हुदैन नै।त्यसैले सनातनी का नाममा गरिने स्वास्थानी ब्रत लाई समयमै नछोडे नामापराध शिवाय अरु केही हुने छैन भन्नू सायद न्याय र शास्त्र सम्मत नै होला।

प्रिय सज्जन बृन्द,
स्वस्थानी कथा त एउटाा प्रसंग मात्र हो आज जसर जस ले सनातनी हिन्दु भनेर अवैदिक कुरा गर्दै हिडदैछन बास्तवमा वैदिक सनातन हिन्दू धर्मका बर्तमान बिरोधी क्रिस्चियन र ईस्लामी हरु भन्दापनि यीनै अवैदिक हरूहुन भन्दा अतिशयोक्ति नहोला यहां यसो भनिरहँदा मलाई प्रश्न सोध्न मनलाग्छ आफुलाई हिन्दु सनातन धर्म का अनुयायी भन्दै परमं बन्दनीय ॐ कार लाई भजाऊदै ॐशान्ति भन्दै सफेत कपड़ा लगाएर वेद बिरोधी अभिब्यक्ति दिनेलाई।हे ,,ॐशान्तिका उपासक महोदय तपाईहरु लाई गीता ज्ञान लिने अनी भगवान श्रीकृष्ण लाई चाहिं एक मार्मिक राज कुमार परिभाषित गर्नेअर्कोतिर रुद्र उपनिषद
रुद्रीलाई बाईपास गर्ने ,शिव पुराणलाई पुरै नकार्दै वेद पुराण को बाणी प्रतिकूल मान्छे मरेपछि फेरी मान्छे नै हुन्छ चला मरेर ग एपछि पुनःसचला नै हुन्छ मनेर ब्याख्या गर्ने अधिकार यहांहरुलाई कुनै शास्त्र र सन्तले दिए रुहो खान पान सात्विक गर्न लगाउने सुध्द बस्ने शशिर धर्ममा तपाहरुले जुन कठोर अनुशासन अवलम्वन गर्नु भ एको छ त्यों पाटोको सह्राना गरिन्छ तर वेदले भनेको ८४लाख प्रकारका जीवनमा जीवात्मा आफ्नो कर्मफल भोग्न भडकिन्छ भध्ने स्पस्ट नियम बिरुद्ध बोल्ने तपाईलाई कसरी र किन सनातनी हिन्दु भन्ने यस्को जवाब आउला अनि बेद पुराण र महापुरुष द्वारा रचित कुनै ग्रन्थ मा नामै उच्चारण न गरिएकी सन्तोषी माता का उपाशक संग जवाब छ त माता जी को शास्त्रिय स्थान कहां छ भन्नेरु शास्त्र र सन्त महात्मा हरु ले कहिल्यै चर्चा नगरिएकी सन्तोसी मां को स्थान भगवदीय बिधानमा कहां शेर हो ब्राउन सक्नू हुन्छ त
प्रिय धर्मानुरागि जिज्ञासु महानुभाव,
माथि चर्चा गरिएका मार्ग न त वैदिक छन न अन्यकुनै शास्त्र सम्मत नै छन फेद न टुप्पो भ एका यस्ता शास्त्र बिरोधी हरकत र ब्यवहार कै कारण मायिक दुनियामा आज भगवानको श्रृष्टि स़गै चलायमान हुने महान वैदिक सनातन धर्म जसरी वदनाम हुदैछ यस्तै हाम्रै गलत क्रियाकलाप ले भ ईरहेकाले भ्रम र भुमरीमा आश्था पून्ज आत्म कल्याण हेतु अवलम्वन गरिने धर्म लाई वन्दकी राख्ने दुस्प्रयास कसैबाट नहोस,,,,, स्वस्थानी पूजा गर्ने गराउने ब्रत बस्ने बसाउने, े ॐशान्तिका नाम मा भ्रान्ति को खेति गर्ने देखि सन्तोषी माता को नाम लिदै शास्त्र असन्तोषी कार्य गरिरहेका हरु सबै लाई चेतना भया ,,अष्तु ।


