खबर

मुख्यमन्त्री आज सिलगढी आउने

आगो लागेर घर स्वाहा

नक्सलबारी : एसएसबी 19औँ बटालियनको गीलाबाड़ी बीओपी अन्तर्गत पर्ने भेन्द्रानी गाउँको एउटा घरमा गत राति लगभग 11 बजी आगो लाग्यो। आगलागीको खबर पाएर एसएसबीका जवानहरू घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याउनको साथै मानिसहरूलाई सकुशल उद्धार गरेर सुरक्षित स्थानमा लगेको बताइएको छ। उक्त आगलागीमा कसैको ज्यानलाई कुनै क्षति नपुगे तापनि घरको सर-समान जलेर नष्ट हुनको साथै घरमा पालेको जनावरहरू पनि मरे। एसएसबी 19औँ बटालियनका जवानहरूको सहयोगले गर्दा अझ ठुलो हुनसक्ने दुर्घटना हुनबाट जोगिएको बताइएको छ।

मुख्यमन्त्री आज सिलगढी आउने

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज सिलगढी आउने भएकी छन्। आज अपरान्ह तीन बजी मुख्यमन्त्री बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै शिवमन्दिर आठारोखाई ग्राम पञ्चायत मैदानमा उत्तरबंग बंग उत्सवको उद्घाटन गर्ने भएकी छन्। यसपछि तिनी दार्जिलिङ प्रस्थान गर्ने भएकी छन्। आगमी 22 जनवरीको दिन एनआरसी र सीएए-को विरोधमा दार्जिलिङमा एउटा पदयात्राको आयोजना गरिने भएको छ। उक्त पदयात्रा दार्जिलिङको डालीबाट शुरू गरेर दार्जिलिङ ट्याक्सी स्ट्यान्डमा पुगेर समापन गरिने भएको छ। आगामी 23 जनवरी दार्जिलिङमा नेताजी जन्मजयन्ती पालन गरेपछि मुख्यमन्त्री सिलगढी फर्किनेछिन्। सिलगढीको उत्तर कन्यामा रात बिताएपछि तिनी 24 जनवरीको दिन कलकत्ता फर्किने भएकी छन्।

अनियन्त्रित भएर दोकानभित्र पस्दा मानिसहरू घाइते

 

सिलगढी सिलगढीको चम्पासरी मोड़ संलग्न इलाकामा गत राति वनभोज खेलेर फर्किरहेको समय यात्री सवार एउटा ट्रक अनियन्त्रित भएर दोकानभित्र पस्दा धेरैजना मानिसहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार उक्त ट्रक देवीडाङ्गा इलाकाबाट वनभोज खेलेर चम्पासरी मोड़तर्फ आइरहेको समय अनियन्त्रित भएर दोकानभित्र पसेको बताइएको छ। घटनामा दोकान पूर्ण रूपमा क्षतिग्रस्त हुनको साथै धेरैजना घाइते भएका छन्। ट्रक चालकले मदपान गरेको कारण नै उक्त दुर्घटना भएको स्थानीय मानिसहरूको आरोप रहेको छ। घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर चालकलाई पक्राउ गर्नको साथै ट्रकलाई पनि नियन्त्रणमा लिएर थाना लगेको बताइएको छ। घटनाको छानबीन शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

siliguritimes/india

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button