
विराटनगर । मोरङको मिक्लाजुङ गाउपाँलिका स्थित रमितेमा गएराती बम बिष्फोट भएको छ ।
बम विस्फोटबाट निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा क्षती पुगेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सरला राईका अनुसार प्रदेश नं. १ सरकारको ५८ करोड ५६ लाखको बजेटमा ठेक्का स्वीकृत भै सडक कालो पत्रे गर्ने क्रम जारी रहेको थियो ।
सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको तीनवट स्काभेटरमा बम हानेर ध्वस्त बनाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन । सडक निर्माणको क्रममा कसैले चन्दा मागेको हुनसक्ने र नदिएपछि रिसिईबीले वा प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकोे हुनसक्ने प्रहरीको आशंका छ । सञ्चारपाटी



