खबर

दुई स्वतन्त्रता सेनानीको भोलि सालिग अनावरण गरिने

दुई स्वतन्त्रता सेनानीको भोलि सालिग अनावरण गरिने

सिलगढी : सिलगढीको गुरूङ नगरस्थित वीर जवान चोकमा भानुभक्त समितिको आयोजनामा निर्माण गरिएको स्वतन्त्रता सेनानी नेताजी सुभाषचन्द्र बोस अनि मेजर दुर्गा मल्लको पूर्णाङ्क सालिग भोलि 23 जनवरी अपरान्ह 4 बजी विधिवत रूपमा अनावरण गरिने भएको छ। यसबारे भानुभक्त समितिका महासचिव कृष्ण लामाले जानकारी दिँदै अनावरण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन्। 23 जनवरी नेताजी सुभाषचन्द्र बोसको जन्म जयन्तीको अवसरमा नै उक्त सालिग अनावरण कार्यक्रम राखिएकोले सबै संघ-संगठन तथा अन्य सबैलाई यस अवसरमा उपस्थित भइदिने तिनले आहवान गरेका छन्। तिनले बताएअनुसार उक्त सालिग अनावरणको निम्ति राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि पत्राचार गरिसकेका छन् भने यसबाहेक मन्त्री गौतम देव, जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ, पूर्व एडीएम गोपाल लामालगायत अन्य वरिष्ठ व्यक्तिहरूलाई उक्त कार्यक्रममा निमन्त्रणा गरिएको बताइएको छ।

दिलीप घोषले गरे कुचबिहारमा भाजपा कर्मीहरूसित कुराकानी

कुचबिहार : भाजपा प्रदेश अध्यक्ष दिलीप घोषले आज बिहान कुचबिहारको सागर्दिघीमा बिहानको भ्रमण गर्नको साथै त्यहाँका मानिसहरूसँग भेट गरेर कुराकानी गरे। यस अवधि तिनले भाजपा कर्मीहरूको घरमा गएर चिया पिउनको साथै तिनीहरूसँग कुराकानी पनि गरे। बिहानको भ्रमणपछि दिलीप घोषले आगामी नगरपालिका चुनाउलाई लिएर भाजपा तयार रहेको बताए। अब मानिसहरूको कसैको करकापमा परेर अथवा धम्कीले नडराउने तिनले दावी गर्दै यस पल्टको चुनाउमा भाजपाको जीत निश्चित रहेको बताए। सीएए-लाई लिएर वाम तथा कांग्रेसले विरोध गरे तापनि यसले केही फाइदा नपुग्ने किनभने यो बिल पारित भइसकेको तिनले बताए।

आगलागीमा दुईवटा घर जलेर स्वाहा

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको बारबिसा इलाकामा आगलागीमा दुईवटा घर जलेर स्वाहा भएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति निखिल देवनाथको घरमा आगो लागेपछि उक्त आगोको चपेटमा परेर भाई अखिल देवनाथको घर पनि जलेर स्वाहा भएको बताइएको छ। उक्त आगलागीमा निखिल र अखिलको घर साथै घरमै रहेको दोकान र गोदाम पनि जलेर खरानी भएको छ। घटनाको खबर पाएर दमकलको चारवटा इञ्जिन घटनास्थलमा पुगेर तीन घण्टाको प्रयासपछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षय-क्षति भएको बताइएको छ। के कारणले गर्दा उक्त आगलागी भएको यसबारे हालसम्म थाहा नलागेको बताइएको छ।siliguritimes/india

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button