खेलकुद

पीएसजी फ्रेन्च लिग कपको फाइनलमा

३१औं मिनेटमा रिम्सका कोनानले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–० को अग्रता लिन सफल भयो । नेयमारको फ्रिकिकमा मार्कुन्योसले प्रयास गर्दा दिसासीले फ्लिक गरेपनि गोललाईनमा रहेका कोनानले बचाउने प्रयास गरेपनि आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।

७३औं मिनेटमा रिम्स १० खेलाडीमा समेटियो । मार्काे भेराटीलाई फल गरेपछि रेफ्रीले रिम्सका मार्सल मुनेटसीलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो । त्यसपछि ७७औं मिनेटमा नियानजोउ कोवासीले भली सटमा गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाउदै फाइनलमा पुर्‍याउन सफल भयो ।

अब पीएसजीले उपाधिका लागि लियोनसँग ४ अप्रिलमा खेल्नेछ ।  लियोनले बुधबार राति नै लिललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

निर्धारित समयमा लियोनका मौसा डेम्वेले र औअरले गोल गरे । लिलका रेनाटो सान्चेज र रेमीले गोल गरे ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button