
मेचीनगर । झापा मेचीनगर नगरपालिका वडा नं ६ का राजेश राउतले युनियन लाईफ ईन्स्योरेन्स कम्पनी मार्फत एमडिआरटीको सदस्यता पाउन सफल भएकाछन्। युनियन लाईफ इन्स्योरेन्स मार्फत यस बिमा कम्पनीसँग बिभिन्न मानिसलाई अधिक सदस्य बनाउन सफल भएका देश भरिका ७२ जना सदस्यले एमडिआरटी अर्थात मिलीयन डलर राउण्ड टेबलको सम्मान पाउनेमा राउत मेचीनगरबाट छनौटमा परेका हुन् ।

विश्वभरिका ७२ राष्ट्रहरुको विश्वब्यापी संगठनका रुपमा रहेको एमडिआरटीको सदस्यता पाउन राउतले युनियन लाईफ इन्स्योरेन्सको बिमा अभिकर्ताका रुपमा सफलतापूर्वक आफ्नो कार्यकुशलता प्रदर्शन गरेकाले उनले यो सम्मान पाउन सकेको युनियन लाईफ इन्स्योरेन्स काँकरभिट्टाका शाखा प्रमुख दिपक पौडेलले जानकारी दिएकाछन् । उत्कृष्ट र सफल बिमा अभिकर्ताले पाउने यो सम्मानले युनियन लाईफ इन्स्योरेन्सकै हर्ष र गौरवको विषय समेत रहेको पौडेलले बताए ।



