कला

दानवीर अग्रवालले गरे विद्यार्थीलाई सहयोग

ज्यामिरगढी / मेचीनगर–१० का दानवीर महावीरप्रसाद अग्रवालले मेचीनगर–१५ स्थित ज्ञानदीप आधारभूत विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेका छन् ।

उनले सो विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री, एक दिवशीय दिवा खाजा, पोशाक तथा विद्यालयलाई खानेपानीको ट्यांकी सहयोग गरेका हुन् ।

विद्यालयलाई गरेको सहयोगको उच्च मूल्यांकन गर्दै विद्यालयकी प्रधानाध्यापक अञ्जु भट्टराईले अग्रवाललाई धन्यवाद ज्ञापन गरिन् ।

धुलाबारी निवासी समाजसेवी अग्रवालले अन्य विद्यालयका विपन्न विद्यार्थीलाई पनि सहयोग गर्दै आएका छन् ।janasamsaddaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button