स्वास्थ्य

हात्तीपाईले रोग बारे अन्तरक्रिया

कमल / कमल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिहीबार हात्तीपाईले रोग निवारण सम्बन्धी अन्तत्र्रिmया सम्पन्न भएको छ ।

कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिबीच हात्तीपाईले राग र त्यसको औषधि वितरण बारे छलफल भएको हो ।

सरकारले आगामी माघ २५ गतेबाट देशव्यापी रुपमा हात्तीपाईले रोग निवारण अभियान २०७६ अन्तर्गत आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम भव्यताका साथ सफल पार्न पालिकास्तरीय योजना तर्जुमा सम्बन्धी विभिन्न कार्यक्रम भइरहेको गाउँपालिकाले जनाएको छ ।

हात्तीपाईले रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकोले यो औषधि २ वर्षभन्दा मुनिका बालबालिका, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दीर्घ रोगी र गर्भवती महिला बाहेक सबैलाई अनिवार्य रुपमा सेवन गर्न गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले अनुरोध गरेका छन् ।

हात्तपाईले रोग निवारण अभियानलाई सफल बनाउन गाउँपालिकाले सबै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक दलका प्रतिनिधिलाई परिचालन गरेर कार्यक्रम सफल पारिने गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।

नेपालमा आठौंपटकसम्म आम औषधि सेवन कार्यक्रम सम्पन्न भइसकेको छ । यसपटकको कार्यक्रममा झापामा ९ लाख २० हजार ८ सय ५५ जना जनता मध्ये २ वर्षभन्दा कम उमेरका बालबालिका, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, दीर्घ रोगी र गर्भवती महिला बाहेक ८ लाखभन्दा बढी जनतालाई औषधि सेवन गराउन ६ सय ३१ जना स्वास्थ्यकर्मी परिचालन हुने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चांैलागार्इँले जानकारी दिए । यो औषधिले कुनै प्रकारको असर नगर्ने र सेवन गर्दा सामान्य रिँगटा लाग्नु स्वाभाविक भएकाले ढुक्कसँग औषधि सेवन गर्न स्वास्थ्य कार्यालय झापाले अपिल गरेको छ ।janasamsaddaily

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button