खबर

अन्तर्राष्ट्रिय यात्रु घटे, आन्तरिक बढे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई यात्रु घटे पनि आन्तरिक भने बढेका छन् । विमानस्थलले सन् २०१९ को नोभेम्बर महिनासम्म अन्तर्राष्ट्रिय ३७ लाख ६७ हजार ९१३ यात्रुलाई सेवा दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रुको चाप वृद्धि अनुपात हेर्दा विमानस्थलबाट डिसेम्बरसम्म ४१ लाख हवाई यात्रुले सेवा लिने देखिन्छ ।

आन्तरिकतर्फ अक्टोबरसम्म २७ लाख ३७ हजार १७२ यात्रु विमानस्थलले ह्यान्डल गरेकोमा डिसेम्बरसम्म ३३ लाख पुग्ने अनुमान गरिएको छ ।

सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानतर्फ कुल ३८ लाख ८७ हजार ८४५ यात्रु रहेकामा २०१८ मा यो संख्या ११.७ प्रतिशतले वृद्धि भइ ४३ लाख ४२ हजार ४८६ पुगेको थियो । कारोबार दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button