विचार

मानिसको नाताले मानिसकै चर्चा

प्रेम रावत
मानिस भएको नाताले म मानिसकै बारेमा चर्चा गर्दै छु। जीवनमा सुख पनि हुन्छ र दुःख पनि। सुखमा हामी बढीभन्दा बढी यसबाट फाइदा लिन सकाँै भनेर कोशिश गरिरहन्छौँ। जब दुःख हुन्छ, अन्य प्राणी जसरी नै हामी पनि व्याकुल हुन्छौँ, कसरी यो दुःखबाट पार हुन सकिन्छ भनेर।
यसकै बारेमा कोशिश गरिरहन्छौँ। म को हुँ, म के हुँ ? भन्ने कुरालाई प्रायः हामी बुझ्दैनौँ। राम्रो र नराम्रो कुरालाई त सबै मानिसले बुझेका हुन्छन् तर एउटा सत्य छ जुन राम्रोभन्दा पनि पर छ अनि नराम्रोभन्दा पनि पर छ। त्यो सत्य तपाईंहरू सबैको हृदयमा विद्यमान छ अनि मेरो हृदयमा पनि छ। सृष्टिकर्ताले हामीलाई जुन सत्य चीज दिएका छन्, त्यसलाई हामी देख्न सक्छौँ।
जीवनमा सुख पनि हुन्छ र दुःख पनि। सुखमा हामी बढीभन्दा बढी यसबाट फाइदा लिन सकाँै भनेर कोशिश गरिरहन्छौँ। जब दुःख हुन्छ, अन्य प्राणी जसरी नै हामी पनि व्याकुल हुन्छौँ, कसरी यो दुःखबाट पार हुन सकिन्छ भनेर। यसकै बारेमा कोशिश गरिरहन्छौँ। म को हुँ, म के हुँ ? भन्ने कुरालाई प्रायः हामी बुझ्दैनौँ।
सारा संसारमा मानिसले ‘मलाई के भएको छ ? मैले के हासिल गरेको छु ? मैले के गुमाएको छु अनि के पाएको छु ?’ भन्ने कुरालाई हेर्छ। तर, सृष्टिकर्ताले उसलाई के दिएका छन् ? हरेक व्यक्तिभित्र एउटा विशेषता छ। त्यो विशेषतालाई जसरी भए पनि अगाडि ल्याउनु उसको काम हो। त्यो विशेषता हो– वास्तविक सुन्दरताको, त्यो विशेषता हो– वास्तविक मानवताको। वास्तविक मानवता, जुन हरेक व्यक्तिको हृदयमा विराजमान रहेको छ। चाहे ऊ जोसुकै होस्, जहाँसुकै बस्ने मानिस होस्, त्यो सबै जनाभित्र रहेको छ।
मानिस सोध्ने गर्छन्– ‘यदि सृष्टिकर्ताले यी विशेषता दिएका छन् भने हामीले किन देख्न सक्दैनौँ ?’ यदि तपाईं आफ्नो अनुहार हेर्न चाहनुहुन्छ भने तपाईंलाई ऐनाको आवश्यकता पर्छ। ऐना नभईकन तपाईंले आफ्नो अनुहार देख्न सक्नुहुन्न। तपाईं अरू सबैको अनुहार हेर्न सक्नुहुन्छ तर आफ्नो अनुहार हेर्न चाहनुहुन्छ भने तपाईंलाई ऐनाको आवश्यकता पर्दछ। एउटा यस्तो दर्पण, जुन हामी सबैलाई चाहिएको छ। त्यसद्वारा हामी त्यो चीजको साक्षात् प्रतीकलाई हेरौँ, जुन हाम्रै हृदयमा छ।
संसारले त राम्रो पनि दिन्छ, नराम्रो पनि दिन्छ। यद्यपि सृष्टिकर्ताबाट तपाईंलाई के प्राप्त भएको छ ? त्यो चीजलाई तपाईं कहिल्यै नभुल्नुहोस्। उनले दिएका छन्– एउटा–एउटा
श्वास ⁄ एउटा–एउटा श्वास जुन तपाईंभित्र आइरहेको छ, यही उनको दयाको फल हो। चाहे संसारमा जेसुकै भइरहेको होस् तर हरेक मानिसमा उनको झलक छ। तपाईंको जीवनमा चाहे जेसुकै भइरहेको होस्– तपाईंको हृदयमा जुन प्यास लागेको छ त्यसलाई नबिर्सनुहोस्। किनकि, यो एउटा त्यस्तो चीज हो, यो एउटा त्यस्तो स्वतन्त्रता हो– तपाईं जहाँसुकै भए पनि कसैले त्यस चीजलाई खोस्न सक्दैन।
म कुरा गरिरहेको छु– शान्तिको बारेमा। किनकि, आज सबैतिर कुरा हुन्छ– शान्तिको। मानिस सोध्ने गर्छन्– ‘शान्ति के हो ?’ मानिस यस कुरालाई बुझाउन ठूला–ठूला उदाहरण दिन्छन्। म मानिसहरूसँग भन्छु, मसँग शान्ति के हो भनेर सोध्नुहुन्छ भने– शान्ति त्यो चीज हो जसलाई युद्धको मैदानमा समेत अनुभव गर्न सकिन्छ। त्यो हो वास्तविक शान्ति। केही वर्षपहिला दुई देशका बिचमा लडाइँ भयो। कैयौँ मानिसहरू यस्ता पनि थिए जसले मेरो कुरालाई मन पराउँथे, मेरो कुरालाई सुनेका थिए। उनीहरू पनि युद्धमा सामेल थिए।
त्यहाँ लडाइँ पनि भइरहेको थियो अनि ती मानिसहरू आफूभित्र त्यो शान्तिको अनुभव पनि गरिरहेका थिए। एउटा शान्ति त्यो हो जुन बाहिरको परिस्थितिमा निर्भर हुन्छ। बाहिरको परिस्थिति राम्रो भएमा मात्र उसलाई अनुभूति हुन्छ। तर, एउटा शान्ति त्यस्तो पनि हुन्छ जुन बाहिरको परिस्थिति जस्तोसुकै भए पनि त्यो शान्ति मानिसभित्रै हुन्छ। रातदिन त्यो शान्ति प्राप्त हुन्छ। रातदिन उसको हृदयमा आनन्द हुन्छ।
तपाईं पनि एकदिन बालक हुनुहुन्थ्यो। म पनि एकदिन बालक थिएँ। उमेर ढल्कँदै गएपछि हामी पनि एकदिन बच्चा थियौँ भन्ने कुरालाई बिर्सन्छौँ। जतिखेर हामी बच्चा थियौँ, हाम्रो कस्तो नियम थियो ? हाम्रो नियम जसरी भए पनि आनन्दको अनुभव गर्ने भन्ने थियो। हामीलाई आनन्दको आवश्यकता थियो। चाहे त्यो दिनमा पाइयोस् या रातमा। आमाले अहिले सुत्ने समय हो भने पनि हामी त्यो कुरालाई सुन्दैनथ्यौँ किनकि आनन्दको आवश्यकता थियो। चाहे त्यो आनन्द माटोलाई हातमा खेलाएर पाइयोस्, चाहे आकाशतिर हेरेर, अर्थात् एउटा पन्छीलाई हेरेर पाइयोस्, तर आवश्यकता थियो। मेरो प्रश्न, त्यो एक वर्षको बच्चा कहाँ गयो ? के त्यो कतै हरायो ? कतै
गयो ? होइन। त्यो एक वर्षको बच्चा अहिले पनि तपाईंभित्रै छ। त्यो हो साँचो
प्रेम ⁄ वास्तविक प्रेम, नक्कली प्रेम होइन। नक्कली प्रेम त एकदिन टुट्नेछ, तर साँचो प्रेम कहिल्यै टुट्दैन।
चाहे हामी आफ्नो जीवनमा जेसुकै गरौँ, निराशालाई आफ्नो साथमा राखिरहन सक्दैनौँ। जीवनमा आशा पनि हुन्छ अनि निराशा पनि। आज जसरी नै भोलि पनि सूर्य उदाउँछ भन्ने आशा हामीमा हुन्छ।
जसरी सूर्योदय हुन्छ र अस्ताउँछ, अनि दिन समाप्त हुन्छ, त्यसै गरी म पनि भोलि त्यो सूर्य जसरी नै उठ्नेछु र आफ्ना आशाहरूलाई नियाल्नेछु। आफ्नो आनन्दलाई नियाल्नेछु। मैले हिजो जेसुकै गरेको भए पनि मेरा लागि आज त्यो सबैथोक बदलिन सक्छ। सृष्टिकर्ताले मलाई जुन जीवन दिएका छन्, म आफ्नो यो जीवनमा आफ्नै वास्तविक आशालाई पाऊँ।
निराश हुनका लागि कुनै परिस्थितिको आवश्यकता पर्दैन। मानिस यो संसारमा जहाँसुकै निराश हुन सक्छ। मैले धनीभन्दा महाधनी मानिस निराश भएको देखेको छु र गरिबभन्दा गरिब मानिस पनि निराश भएको देखेको छु। कुरा ती आशाहरूको होइन, कुरा हो वास्तविक आशाको।
कुरा हो– वास्तविक जीवनको। वास्तविक जीवन के हो ? हामी कोही अरूका लागि होइन आफ्नो लागि बाँच्छौँ भने त्यो हो वास्तविक जीवन। चाहे जुनसुकै अवस्था होस्, हामी आफ्नो लागि बाँच्छौँ। जसमा हाम्रो आपूmभित्रको वास्तविकता झल्कियोस् ! जब मानिस बाँसुरी बजाउँछन्, तपाईंलाई थाहा छ नि उनीहरूले के गर्छन् ? त्यो बाँसुरीलाई फुक्छन्।
बाँसुरीमा जुन प्वाल हुन्छ, त्यसलाई खोल्दै बन्द गर्दै त्यो आवाजलाई लयमा मिलाउँछन्। तपाईं त्यसबाट आनन्द लिनुहुन्छ। यदि कसैले बाँसुरीलाई फुकिरहन्छ र अरू केही गर्दैन भने कस्तो आवाज निस्कन्छ ? के लय मिल्छ ? अहँ मिल्दैन।
जसलाई बाँसुरी बजाउन आउँदैन उसले बाँसुरीलाई बजाउने कोशिश ग¥यो भने खूब फुक्छ। त्यसलाई फु–फु गरेपछि आवाज त आउँछ तर बाँसुरी बजाउन जान्नेले बजाएजस्तो आवाज आउँदैन। यदि मैले बजाउन जानेँ भने म पनि यसलाई राम्ररी बजाउन सक्छु। तर, मैले सिक्नुपर्छ। यदि मैले सिकेँ भने त म पनि त्यसै गरी बजाउन सक्छु।
आज हामी कति चीजलाई यो संसारमा दोष दिइरहन्छौँ। म तपाईंको होइन, सारा संसारको कुरा गरिरहेको छु। जबसम्म हामीले त्यसलाई बजाउन सिक्दैनौँ तबसम्म हामीले जे–जस्तो प्रयास गरे पनि त्यो बेकार हुनेछ। किनकि, यो शरीर पनि एउटा यन्त्र हो जुन भगवान्ले हामीलाई दिएका छन्। यसभित्रबाट पनि त्यस्तो आवाज निस्कन सक्छ जसलाई सुनेर मानिसलाई घृणा हुन सक्छ, अनि त्यस्तो खालको आवाज पनि निस्कन सक्छ जुन सुमधुर होस्।
दोष यो यन्त्रको होइन। यसलाई बजाउन सिक्नुपर्दछ। जब बजाउन सिक्छौँ, जब जान्दछौँ, हामी पनि बजाउन सक्छौँ। प्रत्येक मानिसले यसलाई बजाउन सक्छ। बजाउन सिकेपछि यस्तो सुमधुर आवाज आउनेछ, यस्तो स्वर निस्कनेछ, त्यसमा अरूको त कुरै छोडौँ तपाईं स्वयम् पनि हराउनुहुनेछ। यो कुरा हो– तपाईंको। यसलाई दुनियाँले सुनोस् भनेर बजाउने होइन, तपाईंले आफैँले सुन्छु अनि यसको आनन्द लिन्छु भनेर बजाउने हो।
तपाईंमा के–के कमी छ भनेर म यहाँ चर्चा गर्न चाहन्न। म त तपाईंमा के–के राम्रो गुण छ भनेर बताउन चाहन्छु। यदि तपाईं त्यो राम्रो गुणलाई जान्न चाहनुहुन्छ भने आफूभित्र नियालेर हेर्नुहोस्। आफ्ना विचारहरूमा होइन, आफूभित्र। तपाईंको हृदयमा त्यो सत्य बसेको छ। सृष्टिकर्ताले त्यो राम्रो गुणलाई त्यहीँ राखेका छन्। त्यहीँ छ, तपाईंको आनन्द। के तपाईं आफ्नो वास्तविक स्वरूपलाई चिन्नुहुन्छ ? तपाईंको वास्तविक
स्वरूप ! यो अनुहार होइन। यो अनुहार त बदलिरहन्छ। उमेर ढल्कनेछ। यो अनुहार त बदलिरहनेछ। जुन आँखाले बाल्यकालमा राम्रोसँग देख्थ्यो त्यसले पहिलाको जसरी बुढेसकालमा देख्न सक्दैन। जसले राम्रोसँग कान सुन्थ्यो, त्यो पनि बिस्तारै–बिस्तारै बन्द हुँदै जानेछ। तर, वास्तविक चीज के हो ?
सृष्टिकर्ताको दयाको प्रतीक हो– हरेक श्वास ! जबसम्म हामी जीवित छौँ, हाम्रो जिन्दगीमा आशा छ। जुन दिन यो श्वास उडेर जानेछ त्यस दिन आशा पनि जानेछ। तर, जबसम्म यो श्वास आइरहेको छ, कसैले भनिरहेको छ– हिँड, हेर, बुझ, अनुभव गर, अगाडि बढ, यो जीवनलाई सफल बनाऊ। सृष्टिकर्ताले हामी सबैको हृदयमा श्वासरूपी मादल बजाइरहेका छन् र भनिरहेका छन्– ‘नाच ! त्यो आशाको धुनमा नाच। त्यो आनन्दको बाँसुरीलाई आफ्नो जीवनमा बजाऊ !
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन। संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल।)
newsofnepal

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button