
कमल मिश्र
सुखानीको रगतले भन्छ हामीलाई
सहिबाटो हिड्दैछौ कि भुल्यौ दाजुभाई
आज एक्काईस फागुन ऐतिहासिक झापा किसान बिद्रोह र मुक्ति संङ्घर्ष को बिरा सतमा हुर्किएको एमाले का लागि आजको दिन सहिद दिवस हो भने बाह्र बर्ष सम्म जनयुद्ध लडेर आएको माओवादीले गत फागुन १४देखि आजको२१गतेसम्मलाईसहिद सप्ताह नामाकरण गरी मनाउने गर्दथ्यो।तर, करिव ७०बर्षको नेपाली साम्यवादी आन्दोलनको इतिहासले गुट र फुटको सामना गरिसकेको यथार्थ लाई मध्यनजर गरेर हेर्ने हो या बर्गिय स्वार्थ बिर्सिएर निजी स्वार्थ सिद्ध गर्ननै किन नहोस जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले वलिदान गरेको विरासत बोकेको माओवादी र फागुन २१को बिहान झापा अनि ईलाम जिल्लाको दोसाँध जेमद्वार भनिने सुखाँनी को जंगलमा जेल सार्ने वहाना बनाई पंचायती ब्यवस्था द्वारा हत्या गरिएका झापाका नौजवान पाँच शिक्षित यूवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन सिंह राजवंशी, कृष्ण कुँईकेल र नारायण श्रेष्ठ हरुलाई बैसाकी बनाउदै आएको एमाले मिलेर वर्तमानमा वनेको नेकपा र उसको नेतृत्वमा गठित त्यसमा पनि झापा विद्रोहताका तिनै सहिदका साथी सहयोध्दा को नेतृत्व को बर्तमान कम्युनिस्ट सरकारले सहिदले छोडेका अधुरा सपना पुरा गर्नु त कहाँ हो कहाँ, बुर्जुवा गणतान्त्रिक र लोकतान्त्रिक मान्यता अनुसार समेत नचलेको देख्दा हामी कम्युनिस्ट पार्टीका सामान्य हित चिन्तक लाई समेत आजकल हिनतावोध हुन थालेको छ भने नेपाली कम्युनिष्ट आन्दोलनको यो लामो मार्चमा जीवन गुमाउने आदरणीय सहिदका परिवार, हिजोको आन्दोलन का भुक्तभोगी देखि युध्द र आन्दोलन का क्रममा जेल नेल भोगेका घाईते योध्दाको मन झन कति बिरक्तिएको होला। झापा आन्दोलनका सहिदको सपना अनि आन्दोलन को उद्देश्य भनेको प्रथमत चिराचिरामा बिभाजित कम्युनिस्ट पार्टीहरुलाई एकताको सुत्रमा बाध्धै जमिन्दारी प्रथाको अन्त्य सामन्ती एकाधिकावादी दलाल पुंजिको राष्ट्रिय करण किसान र मजदुरको मुक्ति अनि सामन्ती राजतन्त्र ब्यव्स्थाको स्थानमा नौलो जनवादी गणतन्त्र स्थापना गर्ने भन्ने थियो भने माओवादी जनयुद्ध को लक्ष्य र उद्देश्य भनेको क्रान्तिकारी पार्टी, क्रान्तिकारी सेना र क्रान्तिकारी मोर्चा को संयुक्त प्रयासमा पुरानो प्रतिकृया वादी राज्यसत्ताको बिगठन गरी संविधान सभा मार्फत जन संविधान निर्माण पछि सर्वहारा बर्गको अभिछिन्न सत्ता स्थापना गर्ने रहेको थियो नै।

तर ,माथि उल्लिखित पुर्व यी दुई पार्टीका योजना र लक्ष्य समय संगै क्रमश वदलिदै गए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकुल रहेको भन्दै २०२९साल को फागुन २१मा भ एको सुखाँनी हत्याकान्ड लगत्तै आफ्नो रुपरंग बदलेको एमाले को गर्भग्रिह भ्रुणको रुपमा रहेको तत्कालीन बिद्रोही झापा जिल्ला कमिटी र कोअर्डिनेसन केन्द्र का बचेका नेताहरु सीपी र राधाकृष्ण मैनाली, के पी ओली लगायतले त लुग लुग काम्दै झापा आन्दोलनको धारलाई नै परिवर्तन गराई२०३५साल पौष ११गते नेकपा माले नामको एक नव संसोधनवादी गुटलाई जन्माई चिनियाँ नौलो जनवादी धारका विरोधी रसियन सामाजिक साम्राज्यवादी धारका पक्षपाती मनमोहन अधिकारी लगायत संग बहुदलीय जनवादको एक कुलङ्गारी दस्तावेज पेसगर्दै मालेलाई २०४७सालमा मदन भण्डारीले एमालेमा रुपान्तर गराईदिए पछि अनि सुरुभयो एमाले मा झन्डैअडाई दशक सम्म चरम अवसरवादी चरित्र र पेटि बुर्जुवा परिपाटी उता दोस्रो महाधिवेशन बाट निर्वाचित नेकपा नेतृत्व लाई सामन्तका रक्षाकवज राजा महेन्द्रले खरिद गरेपछि निरन्तर नौलो जनवादी क्रान्तिको वकालत गर्ने निर्मल लामा मोहन बिक्रम सिंह आदि गरिएका नेताहर ले हुर्काउदै गरेको समुह भित्र २०४० तिरबाट बिद्रोह गरेर मोटो मशाल, एकताकेन्द्र हुदै २०५१सालमा माओवादी मा रुपान्तर भ एको पार्टीले जव २०५२ साल फागुन १ बाट बल प्रयोग द्वारा राज्य सत्ता पल्टाउने भन्दै आफ्नै सेना गठन गरेर दीर्घ कालिन जनयुद्धको कार्यदिशा अख्तियार गर्यो र यो कार्यदिशा लागुगराउन अहिलेका पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य र बाबुराम भट्टराई लगायत लागि परे। उनिहरु द्वारा सन्चालित उक्त१२बर्षे जनयुद्ध कालमा प्रथम सहिद बनेका दील वहादुर रम्तेल पछि नेता तथा कार्यकर्ता करिव १२ हजारको हाराहारीका ले रगत बगाए भने माओवादी को युद्ध नियम बिपरितको शैली अनि जबर्जस्ती बाट राज्य पक्षका सेना प्रहरी, कर्मचारी , शिक्षक बिद्यार्थी र सर्वसाधारण गरी दशौ हजार नेपाली ले समेत ज्यान गुमाउन बाध्य भ ए।
राज्य र तत्कालीन विद्रोही माओवादी दुवै तिरवाट गरी द्वन्द्व कालमा करिव १७हजार नेपाली को हत्या भ ए भने हामीजस्ता स्वतन्त्र नागरिक हरु समेत हजारौं को संख्यामा अंग भंग अनि बिस्तापित हुनुपर्यो नै। देशमा गणतन्त्र स्थापना हन्छ गरिवले न्याय पाउंछन्, शोषण दमन सकिन्छ, बिदेशी दासत्व रहन्न भनेर जनताले माओवादी का नाममा दुखगरे रगत बगाए परिणाम स्वरुप संसदीय राजनीति लाई वाईपास गरेर युद्धमा गएको माओवादी पनि कालान्तर मा राजाबाट लात खाएका संवैधानिक राजतन्त्र वादी पार्टीहरु नेपाली काँग्रेस र झापामा हतियार छोडेर राजतन्त्रको समयमा समेत सत्ता लिप्सामा तल्लिन रहेको एमाले लगायत संग गलाजोडन पुग्यो अनि यी सबै अवसरबादीहरुको संयुक्त प्रयासमा सामन्ती राजतन्त्रको अन्त्य भई हाल गणतन्त्र समेत स्थापना भ ई सकेको छ नै। यसरी हेर्दा झापाका कम्युनिस्ट हरुले उठाइएको नारा होस या जनयुद्ध कालमा माओवादीले लिएको लाईन अनुसार नै किन नहोस गणतन्त्रको स्थापना गर्नुपर्ने माग पनि पुरा भ एको छ। तर, हिजो त्यही झापा सङ्घर्षको समयमा तीनै रामनाथ दाहाल र नेत्र घिमिरे हरूका दौतरी बनेर लामोसमय जेल जीवन भोगेका अगुवाहरु देखि जनयुद्धको नेतृत्व गरेका नेताहरु नै नेपालको नव गणतन्त्रमा नव सामन्त बनेर संसदीय फोहोरी राजनीतिमा डुबुल्की मारिरहेबाट हिजो झापा आन्दोलनका नाममा र जनयुद्धको वलिवेदीमा आफ्नो अमुल्य जीवनको आहुति दिने ती वीरहरुको रगत माथी कतै उनिहरुकै सहयात्री हरुवाट कुठाराघात त भ एको छैन? भन्ने आशंखा अहिले जनस्तर मै उब्जिरहेको छ। गणतन्त्र आईसक्दा र कम्युनिस्ट पार्टीको नेतृत्व मा दुई तिहाई को सरकार बनेको पनि यतिका दिन भ ई सक्यो तर सरकारका काम कारवाही हेर्दा कम्युनिस्ट तरिका त छैन छैन सामान्य सुधारवादी हरुले गर्ने प्रगतिशिल कार्यहरु समेत झापा आन्दोलनका अगुवा के पी ओली र जनयुद्ध का कमान्डर प्रचन्ड ले नेतृत्व गरेको नेकपाको सरकारले गरेको दैखिदैन। हिजो क्रान्तिकालमा अख्तियार गरिएको नीति अनुसार भन्ने हो भने गणतन्त्र घोषणा भएको नेपालमा यतिवेला सम्म उत्पादनका क्षेत्रमा कामदारको हिस्सा र साझेदारी, सामान्ती भुस्वामित्वको अन्त्य अनी शिक्षा, स्वास्थ्य,निसुल्क, रोजगारी को प्रत्याभुति, साम्राज्यवाद र भारतीय विस्तारवादी हस्तक्षेप को पूर्ण रुपमा अन्त्य भैसक्नु पर्नेमा ठीक त्यसको उल्टो यहाँ एमसीसी युरोपियन युनियन का नाममा हाम्रो सार्वभौम सत्ता सम्पन्न राष्ट्र नेपालको राष्ट्रियता नै खतरामा पार्नेगरी सरकारवाटै गतिविधि भैरहेको मात्र होईन उद्योग धन्दामा दलाल नोकरशाह हरुकै झन बढि हालिमुहाली बढेको छ भने शिक्षा र स्वास्थ्य अनी सामाजिक सुरक्षा का क्षेत्रमा समेत हिन्दी को कहावत मा भनिए जस्तो ूसबसे बडिंयां रुपैयाू भन्ने नीति लागु गरेर सहिदको रगतको भ्रुणबाट जन्मिएको कथित कम्युनिष्ट सरकारले नोकरशाह र दलालहरुको राज लाई छुट मात्रदिएको छैन कर्मचारी तन्त्र एवं सेना प्रहरीमा सदियौ देखि कायम रहेको हुकुमी भ्रस्ट प्रबृति लाई कम्युनिस्ट भनाउदाहरुले काखी च्यापीरहदा जनता जनार्दन ले गणतन्त्र नेपालको जन निर्मितं भनिएको संविधान लागु भ एको अनुभूति गर्न पाएका छैनन्। त्यसैगरी चाहे झापा आन्दोलन ताका होस या जनयुद्ध को समयमा नै किन नहोस दुखकस्ट गर्ने ज्यानलाई जोखिममा राखेर लडाईको मोर्चामा उभिने देखि समर्थन गरेबापत राज्यवाट पीडित भ एका र सयौ को संख्यामा बेपत्ता भएका हरुका परिवार जेल नेल अनि बिस्थापन र यातना भोगेका ईमान्दार नेता कार्यकर्ता हरुलाई अवसरबाट वञ्चित गरेर नव कम्युनिस्ट अनी पुराना राजशाही मन्डलेहरुलाई अवसर र कतिपय महत्वपूर्ण ओहदामा पैसा घुस का साथ कमिशनको मोल मोलाईमा माथिउठाउन उद्दत नेकपाको बर्तमान नेतृत्व र कम्युनिस्ट नामधारी सरकार मा बसेका जो हिजोका दिनमा रगत वगाउने तीनै सहिदका सहयात्री थिए उनिहरुलाई सुखाँनी लगायतका स्थानमा बगेको रगत ले अव माफिदिने छैन यी युद्ध सरदारहरुलाई अव पनि चेत खुलेन भने सहिदको रगतले अवस्य सराप्ने छ र भतभती पोल्ने छ भन्दा अतिशयोक्ति नहोला ।
झापा सङ्घर्षको ईतिहांस २१फागुन
प्रिय पाठक बृन्द यसभन्दा अगाडि नेपाली कम्युनिष्ट आन्दोलन भित्र दुई अलग अलग धार एमाले र माओवादी का गतिविधि अनी उनिहरु एक भ एपछिको बर्तमान अवस्था वारे माथि संक्षेपमा चर्चा गरिएको छ भने आज २१फागुन परेकाले ऐतिहासिक झापा किसान विद्रोह र मुक्ति सङ्घर्ष ताका आजकै दिन २०२९सालको २१फागुनमा सङ्घर्ष लाई दवाउने नाममा सबैभन्दा ठुलो नरसंहार तत्कालीन पंचायती राजशाही ले गरेकाले अव अगाडि झापा सङ्घर्षको चर्चा गर्दै सुखाँनी मा हत्या गरिएका आदरणीय सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने अनुमति चाहान्छु।
खासगरेर बि सं १९९०पछिमात्र छिटफुट रूपमा पहाडी मुलका मानिसहरु बसाईसरी आउने क्रमसंगै घनाजंगला मुलुक झापा र मोरङ्गको जमिन क्रमश आवाद हुन थालेको हो। यदा कदा को खाली जमिनमा परापूर्वकालदेखि यहाँ का आदिवासी हरु राजवंशी, ताजपूरिया, गनगाई मेचे, धिमाल दनुवार, कुमाल, कवर, चौधरी, उराऊ, मुन्डा र सन्थाल हरु बस्ने गर्दथे।राणा प्रधानमन्त्री जुध्द शमसेरले आफ्ना आस पासे अनी टाठा वाठा पहाडेलाई खाली जमिनको रेखदेख गर्न खटाउदै पटवारी र जिम्दार पद दिदै खटाएपछि २००७सालको आसपास मा निकै ठुलो संख्यामा पहाडि मूलका नेपालीहरुको झापा बसाई सराई भयो। खास गरेर धानको भातखान धेरै जमिन खेतिगर्न झरेका पहाडिहरूकै कब्जामा झापाको अवाधि जमिन हुनपुग्यो एका दुई राजवंशी हरु जिम्दार रहेपनि अन्य आदिवासी हरु क्रमश भुमिविहिन हुनपुगे।राजा रजौटा एवं बडाहामिकको चाकरी गर्ने चलाख पहाडेहरु नै जमिनका मालिक वनेपछि अन्य पहाडे हरु समेत तिनै मुठ्ठिभर सामन्तको हलि गोठाला वन्न बाध्य भ एभने आदिवासीहरु जन मन गरिखाने मजदुरमा परिणत हुन वाध्य पारिए। ठीक त्यहीवेला झापामा २००७सालको क्रान्तिको असर देखापर्यो र नेपाली काँग्रेस को मुक्तिसेना वन्नेपनि टाठा वाठा पहाडे जिम्दारका छोराहरु भ ए भने केही बनारस पढन गएका यूवाले पारिपट्टि भारतको गलगलिया मा नेकपा गठन गरे त्यसवेला नेकपा झापा जिल्ला कमिटि गठनगर्ने हरुमा गणेश वहादुर प्रसाई, धर्म प्रसाद ढकाल, टिक प्रसाद सापकोटा, गोपाल कृष्ण प्रसाई, शिव प्रसाद न्यौपाने आदि थिए। कालन्तरमा गोपाल कृष्ण र टीकाप्रसाद वाहेक का सबै जमिन्दार पुत्रहरु पंचायत मा प्रवेश गरेर कम्युनिस्ट नेता तथा कार्यकर्ता लाई मार्ने मराउने सम्मको हर्कतमा उत्रिए भने नेपाली काँग्रेस ले झापामा गठन गरेको जनसरकार का अगुवा मध्ये अधिकांश समेत पंचायतमै पसेका थिए। जव राजा महेन्द्रले पञ्चायत घोषणा गरे त्यसको समर्थनमा जमिन्दार हरु झापामा डुक्रिन थालेकै वेला अखिल नेपाल किसान संघ गठन गरेका रुद्र चापागाईं र पूर्ण वहादुर आले मगर लगायतका योद्धा ले खमार जाम यानिकी धान जमिन्दारलाई नदिने आफै किसानले खाने आन्दोलन चलाएपछि प्रसाशनले किसान नेताहरुलाई बर्बर दमन गरेको थियो। यहि पेरीफेरीमा नेकपाको तेस्रो महाधिवेशन बाट गुट फुट हुन थालेपछि मनमोहन अधिकारी को नेतृत्व मा पुर्वतिर नेकपा पुर्वकोशी प्रान्तीय कमिटि गठन हुंदा त्यसको पहिलो झापा जिल्ला सेक्रेटरी भए बाहुनडाँगाीका मदन खपाङ्गी र यहि कमिटिमा तत्कालीन मेची महाविद्यालय भद्रपुरमा अध्ययनरत विद्यार्थी हरु अनेरास्ववियु मार्फत संगठित भ ए भने आठराई बाट झापा झरेका लप्टन दाहालका छोरा रामनाथ दाहाल, बिराटनगरबाट औलो उन्मुलनमा जागिरे भ एर झापा पुगेका मोहनचन्द्र अधिकारी अनि झापा जिल्ला पंचायतमा रुस मा अध्ययन गरि फर्कि पिडिओ जागिरे भ एका बिरेन सिंह राजवंशी आदिको भेटभयो। चिनियाँ नौलो जनवादी क्रान्ति र भारतको को नक्सलवाडी, सिलिगुडी तिर चारुम्जुदार र कानु सन्याल हरु ले चलाउदै गरेको जमिन्दार काटौ खेतमा कम्युनिस्ट पार्टीको झन्डा फहराउं भन्ने अभियान संग परिचित यी युवाहरुले तत्काल झापामा वृहत भेला वोलाएर मनमोहन संग सम्वन्ध बिच्छेद गरी राधा कृष्ण मैनाली को अगुवाईमा झापामा जमिन्दार सखाप पार्ने अभियान संचालन गर्न बिद्रोही जिल्ला कमिटि गठनगरी चारुम्जुदार मार्फत गुरिल्ला लालिम लिएर २०२५सालदेखि जिल्लाका धनाढ्य जमिन्दार काटने अभियान चलाएर तत्कालीन रापंस धर्म प्रसाद ढकाल सहित परिवार र अन्यकतिपयलाई २०२८सालसम्म आईपुग्दा झापाली हरुले खुकुरीकै सहारामा ढालि नै दिए। त्यप्रत्वेक बिद्यालयका शिक्षक र विद्यार्थी समेत स्क्वायड गुरिल्ला युद्ध टिम गठन गरेर क्रान्ति मा होमिएका थिए। जमिन्दार का शिक्षितः छोराहरु सी पी र राधाकृष्ण मैनाली, रामनाथ दाहाल र गरिव मोहीकिसान का छोरा खडग ओली लगायत समेत नेतृत्व गर्ने क्षमताको विकास संगै बिस२०२५देखि २०३०जेठसम्म संचालित जमिन्दार सफाया अभियानमा रामनाथ दाहालकै योजनामा सुरुमा राधाकृष्ण मैनाली उहाँ बिरामी परेपछि के पी ओली र ओली द्वारा ब्यक्तिहत्याको विरोध पार्टी भित्र हुनथालेपछि २०२९फागुन ६गते वुधवारे मा वोलाईएको विस्तारित बैठक पछि सी पी मैनाली लाई सचिव वनाएर बर्ग दुस्मन सफाया अभियान चलाएका झापाली हरुले जव २०२९साल फागुन २१गते जेलसार्ने बहानामा सुखाँनी मा चारपानेका रामनाथ दाहाल ज्यामिगढीका बिरेन राजवंशी अनी गरामनी का शिक्षक नेत्र घिमिरेका साथमा एस एल सी दिएर बसेका गरामनीकै युवाहरू कृष्ण कुँईकेल र नारायण श्रेष्ठ को पंचायती सरकार द्वारा हत्या गरियो । त्यसपछि एका दुई घटना बाहेक अरु एक्शन हुन सकेनन क्रान्तिको नेतृत्व कर्ताहरु पक्राउ पर्ने र मारिने क्रम वढेर ग एपछि ओईलाएकोझापा विद्रोहको उद्गम स्थल माईनदि पुर्वका गरामनी, चारपाने, घैलाडुव्वा वुधवारे धाईजन र शनिश्चरे अनी ज्यामिगढी लाईमानिन्थ्यो झापा सङ्घर्ष मा मारिने र लामो जेल जीवन बस्नेहरु सबभन्दा बढी गरामनी क्षेत्र का योध्दाहरू देखिनुहुन्छ। मारिने सहिदहरु नेत्र घिमिरे, कृष्ण कुँईकेल, नारायण श्रेष्ठ मात्र हैन चन्द्र डांगी पछि जेलमै मारिएका भेटला राजवंशी हरिकिसन चौधरी, हेम वहादुर खडका भुटेन राजवंशी आदि गरामनीकै हुनुहुन्छ भने जेल जीवन र लामो समय भुमिगत बस्ने हरु जीवन मगर भिम वहादुर खडका रुद्र सुवेदी गौरा प्रसाई सीता खडका देवी घिमिरे हर्क खडका खगेन्द्र चुडाल नरेश खरेल समेत यहिका वासिन्दा हुनुहुन्छ उता १७बर्ष जेलबस्नेहरु मनकुमार गौतम मोहनचन्द्र अधिकारी घनेन्द्र वस्नेत सानो दुर्गा अधिकारी अमर अधिकारी ठुलो दुर्गा अधिकारी भिस्म धिमाल, मंगलमणि सतार र मानकुमार तामाङ आदि समेत पुर्वि झापाको विभिन्न स्थानका हुनुहुन्छ बुधवारेका राम प्रसाद प्रधान र जेलको यातना बाट मृत्यु भ एकी लीला कटेल समेत झापा आन्दोलनका आदरणीय सहिद हुनुहुन्छ भने शिव शिवाकोटी धर्म घिमिरे नारद भारध्वाज ,गंगा उप्रेती, तील बिक्रम ढकाल ,अम्बर कार्की लगायतका योध्दाहरू ले समेत सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्ने त्यो महान आन्दोलनमा उल्लेख्य
निभाउनु भ एको छ। हजारौ झापाली जनताको साथ अनी सहयोगमा चलाईएको त्याग र निष्ठाले भरिपुर्ण झापा बिद्रोहको प्रमुख नेतृत्वकर्ता हरुमध्ये राधाकृष्ण मैनाली र के पी ओली १४बर्ष मोहनचन्द्र अधिकारी नरेश खरेल र घनेन्द्र बस्नेत १७बर्ष जेल बस्नुभयो भने सी पी मैनाली लगायत केही नेता २०३३सालमा नख्खु जेल तोडेर भुमिगत भ ई कोअर्डिनेशन केन्द्र नेकपा माले गठन गर्दै जेलमा भ एका सबै छुटेर २०४६पछि नेकपा एमाले वनाउन लाग्नु भ एको देखिन्छ। कम्युनिस्ट का नाममा जन आधार बटुल्टै पार्टी पुनर्गठन मार्फत कठोर राजनीति यात्रा पुरागरेका मध्ये दुई मैनाली वन्धुहरु आ आफ्नै डम्फु वजांउदै चर्चावाट हराएपनि के पी ओली लगायतका केही नेता हरु आज त्यही झापा सङ्घर्षको जगमा उभिएको पार्टी नेकपा र सरकार संचालनको प्रमुख जिम्मेवारी मा हुनुहुन्छ। आज फागुन २१हो आजकै दिन झापा संङ्घर्ष ले सबैभन्दा ठूलो क्षति ब्यहोरेको र योध्दाहरू ले रगत वगाएको सहिद दिवस मनाईरहदा नेतृत्व कर्ताहरुले आन्दोलनको उद्देश्य पुरा भयो भ एन सहिद र पीडित हरुको त्यागको सम्मान गर्यौ कि गरेनौ अनि कम्युनिष्ट आन्दोलन लाई कहाँ लादैछौ भनेर समिक्षा नगरे सुखाँनीमा रगत वगाउने पांच सहिद देखि हजारौ सहिदको सपना अवस्य अधुरो रहने छ र राष्ट्र को उन्नती प्रगति कदापी हुने छैन। यदि यहितालले पार्टी र सरकार चलाउने हो भने नेकपा म्युजियममा जाने निस्चित छ। त्यसैले आज परेको सहिद दिवसले देश र जनता को हितमा काम गर्न अनी नेकपा लाई साच्चिकै सहिदको साथी वनाउन प्रेरित गरोस भन्ने शुभकामना नेताहरुलाई दिदै सुखाँनीमा हत्या गरिएका बीर सहिदहरु प्रति रक्तिम सलाम र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।



