खेलकुद

थाइल्याण्डविरुद्ध नेपालको उत्कृष्ट प्रर्दशन

काठमाडौं (हाम्रो खेलकुद) – तीब्र गतिका करण केसीको उत्कृष्ट बलिङमा एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा आयोजक थाईल्यान्डविरुद्ध उत्कृष्ट प्रर्दशन गरि रहेको छ ।

बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाईल्यान्डले १२ ओभरमा ४ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नेपाललाई पहिलो सफलता तीब्र गतिका बलर करण केसीले दिलाए । दोस्रो ओभरको पाँचौ बलमा करणले नवीद पठानलाई अभिनाश बोहराबाट ८ रनमा क्याच आउट गराए ।

पारस खड्काको तेस्रो ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले डानियल जेकब्सलाई शुन्यमा रन आउट गराए । करणले वन्चना उइसुकलाई आठौं ओभरको अन्तिम बलमा २ रनमा बोल्ड आउट गरे । करणले दशौं ओभरको दोस्रो बलमा रेर्बोट रैनालाई २ रनमा बोल्ड आउट गरेका छन् ।

थाईल्यान्डका हेन्नो जोर्डन १३ रनमा क्रिजमा छन् । सन्दीपले ३ ओभरमा मात्र १ रन खर्चिएका छन् । करणले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button