खेलकुद

अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको दोश्रो चरणका खेल सम्पन्न

काँकरभिट्टा / नाइट चेस क्लवको आयोजनामा पि.वि. थापा मेमोरियल अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता काकरभिट्टामा सुरु भएको छ । वुधवार सम्पन्न पहिलो र दोस्रो चरणको खेलमा नेपालका शिर्षस्थ खेलाडीहरु पूर्व नेपाल च्याम्पियन सुरविर लामा ,नविन तण्डुकार , सुमित पन्त, प्रकाश नेपाल ,हरिचन्द्र चम्लागाई र सुमन श्रेष्ठले दुवै खेलमा सफलता हात पार्दै २ अकं जोड्न सफल भएका छन । त्यसैगरी भारतका हरिश शर्मा , अनिक दाश , आकाश तिवारी , हिल्लाल मण्डल ,स्मार्ट घोराईले पनि समान २ अकं नै जोडेका छन ।

पशुपति इङ्गलिस वोर्डिङ्ग स्कुलको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा नेपालका ज्वाला लिम्बू, महेन्द्र कुमार साम्वाहाम्फे , इन्द्र कुमार सिक्देल , सुमन श्रेष्ठ , भारतका दिब्या तेजा, दिशव निशाद र किरण राईले पनि दुवै खेलमा जीत हासिल गरी २ अकं नै जोडेका छन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button