
एजेन्सी – आन्द्रे रसेलको आक्रामक ब्याटिङमा श्रीलंकासँगको दुई टि२० सिरिज पाहुना टोली वेस्ट इन्डिजले क्लिनस्वीप गरेको छ । शुक्रबार राती दोस्रो तथा अन्तिम खेलमा ७ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले सिरिज २-० ले क्लिनस्वीप गरेको हो ।
जितका लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३ विकेट गुमाउँदै १७ ओभरमै सहजै पुरा गर्यो । आन्द्रे रसेल १४ बलमा ६ छक्का सहित ४० रनमा अविजित रहे । शिम्रोन हेटमायर ४२ बलमा ३ चौका सहित ४३ रनमा अविजित रहे । सिमन्स लेन्डन ९, बेन्डन किङ २१ बलमा ६ चौका र २ छक्का सहित ४३, रोवमन पोवेल १७ रनमा आउट भए । श्रीलंका एन्जिलो म्याथ्यु, लाहिरु कुमारा र दसुन शनकाले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन जोडेको थियो । श्रीलंका दसुन शनका २४ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा अविजित रहे । तिसारा परेरा १३ बलमा १ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे । कुशल परेरा १५, शेहान जयसुर्य १६, कुशल मेन्डिस ११ र एन्जिलो म्याथ्यु २३ रनमा आउट भए । फबिएन एलनले २, शेल्डन कट्रेल, ओशेन थोमस र ड्वेन ब्राभोले १–१ विकेट लिए ।
पहिलो खेलमा वेस्ट इन्डिज २५ रनले विजयी भएको थियो । आन्द्रे रसेल प्लेयर अफ द म्याच र सिरिज चुनिए ।hamrokhelkud



