खबर

शहिद तथा वेपत्ता योद्धाका घर आगन नेकपाका नेताकार्यकर्ताहरु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सहिद सप्ताह(फागुन १४ देखि २१ सम्म)को अवधिमा शहिद तथा वेपत्ता योद्धाका परिवारहरुलाई विशेष स्मरण गरेको छ । सहिद सप्ताहको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु शहिद तथा वेपत्ता योद्धाहरुका घर आगन पुगेका छन् । नेकपाका नेताकार्यकर्ताहरुले यो दिवसमा शहिद तथा बेपत्ता योद्धा परिवारहरुलाई भेटघाट, अभिनन्दन, उपहार वितरण लगायतका कार्यक्रमहरु गरेका छन् । शहिद वेपत्ता योद्धाहरुका परिवारलाई भेटघाट गर्दै नेकपाका नेताकार्यकर्ताहरुले शहिदहरुले देखाएको बाटोमा निरन्तर अघि बढने प्रण गरेका छन् । जवाफमा शहिद वेपत्ताका आफन्तहरुले शहिदले देखाएको बाटो कहिल्यै नभुल्न र निरन्तर अघि बढनु भन्ने सन्देश दिएका छन् ।

नेकपाले उपहार स्वरुप दिएको फिल्टर ग्रहण गर्दै एक शहिद परिवार

यसैबिच नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काभ्रेले पनि शहिद सप्ताहमा शहिद वेपत्ताका परिवारहरुलाई भेटघाट गरेको छ। सम्भव भएसम्मका शहिद बेपत्ताका परिवाहरुलाई जम्मा गरेर अभिनन्दन गरेको छ। काभ्रेमा हालै भएको कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज प्रेरक र अजय उपस्थित थिए । प्रमोदले संचालन गरेका कार्यक्रमा जिल्ला इन्चार्ज प्रेरकले शहिद परिवारहरुलाई उपाहार स्वरुप पानी छान्ने फिल्टर दिएका थिए ।२०७६, २५ फाल्गुन आईतवार  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button