खबर

बिदामा ग्याँस आयात गरिने, साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने मौज्दात

अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले काठमाडौं उपत्यकालगायतमा उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइनसक्ने त्रास चिर्न होलीको बिदाको दिन पनि ग्याँस आयात गर्न लागिएको हो ।

अहिलेको बजारमा देखिएको कृत्रिम अभाव चिर्नकै लागि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नुनलगायत अत्यावश्यक बस्तु आगामी १० महिनासम्म पुग्ने प्रयाप्त मौज्दात रहेको बताएको छ । राजधानी दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button