खबरमूल खबर

दार्जेलिङ हिलिङ्ग क्रुसेड २०२० भव्यताका साथ सम्पन्न

आनन्द खरेल, दार्जिलिङ । हजारौको संख्यामा भारतको दार्जेलिङस्थित सेन्ट रोवर्टस स्कुलको सभा हलमा सुसमाचार, चंगाइ, छुटकारा र जागृतिको सेवकाई दार्जेलिङ हिलिङ्ग क्रुसेड २०२० भव्यताका साथ सम्पन्न भएको छ ।
दार्जिलिङ होलि परिवारले फागुन २५ गते शनिवार अर्थात मार्च ७ तारिख २०२० का दिनमा आयोजना गरेको सो कार्यक्रममा काठमाण्डौस्थित स्वतन्त्र विश्वव्यापी मण्डलीका वरिष्ठ पास्टर तथा वि.नि.प्र.प. सेवकाई नेपालका संस्थापक अन्तरराष्ट्रिय वक्ता डा. रेभ. चेत बहादुर खेरल प्रमुख वक्तका रुपमा हुनुहुन्थ्यो ।

कार्यक्रममा विभिन्न रोगीविरामी र आत्मिक समस्यामा परेकाहरूको लागि चंगाइ र छुटकाराको लागि विशेष प्रार्थना गरिएको थियो । विभिन्न ठाउँबाट आएका रोगीविरामीहरुले वर्षौ देखि भोगेका पीडा तथा शारीरिक रोगहरु निको भएको बताएका छन् भने उपस्थित सहभागीहरु पनि अद्भुत शक्तिको महशुस भएको भन्दै आफुहरु आश्चर्यमा परेको बताएका थिए ।
कार्यक्रम सम्पन्न गराउन प्रार्थना, सहयोग र सहकार्य गर्नुहुने सबै सम्बन्धित सरोकार पक्षलाई आयोजकले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button