कला

अजितको फिल्मको रिमेक हो ‘कभी ईद कभी दिवाली’

एजेन्सी

बलिउड सुपरस्टार सलमान खानको केही फिल्म पाइपलाइनमा छन् । फिल्म ‘दबंग ३’ पछि अहिले उनी ‘राधे : योर मोस्ट वान्टेड भाई’ मा व्यस्त छन् । कोरोना भाइरसको त्रासका कारण तत्काललाई यो फिल्मको छायांकन रोकिएको छ । यो फिल्मपछि उनले ‘कभी ईद कभी दिवाली’ गर्नेछन् । फरहद सामजीले निर्देशन गर्ने फिल्ममा सलमानको जोडी पूजा हेगडेसँग बाँधिएको छ ।

यो फिल्मको स्टोरीलाइनलाई लिएर अनेकौं अनुमान लगाइएको छ । अहिले सलमानको यो फिल्म चर्चित साउथ फिल्मको रिमेक रहेको चर्चा चलेको छ । पिंकविलाले सुत्रको भनाई उद्धत गर्दै लेखेको छ, ‘फिल्ममा हिन्दू-मुस्लिम एंगललाई लिएर इमोशनल एंगल जोडिएको छ । यो कहानी चार भाईको हो । फिल्म वास्तवमा साउथ सुपरस्टार अजितको ‘भीरम’ को हिन्दी रिमेक हुनेछ ।’

पिंकविलाले अगाडि लेखेको छ- ‘निर्माताले वीरमको हिन्दी रिमेकको राइट्स खरिद गरिसकेका छन् । फिल्मको टाइटललाई म्याच गर्दै निर्माता/निर्देशकले कहानीमा थोरै परिवर्तन गरेका छन् । जब सलमान खानले फिल्मको स्टोरी सुनेका थिए, उनले तुरुन्तै फिल्ममा काम गर्ने फैसला लिएका थिए ।’ अहिले फिल्ममेकर्स सलमान र पूजाबीच आइस ब्रेकिङका लागि वर्कसप गरिरहेको छ ।

‘कभी ईद कभी दिवाली’ मा सलमान र पूजासँगै आयुष शर्माको पनि अभिनय रहनेछ । आयुष, सलमानका ज्वाईं हुन् । यो फिल्मको छायांकन यस वर्षको सेप्टेम्बरबाट सुरु हुँदैछ । साजिद नाडियावालाले निर्माण गर्ने फिल्म २०२१ को इदमा रिलिज हुनेछ । पहिलो पटक सलमान खानको फिल्म ‘जुडुवा’ ईदमा रिलिज भएको थियो । उनका प्रायः फिल्म ईदमा प्रदर्शन हुने गरेका छन् ।filmykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button