खबर

‘सेक्टर कमान्डर’ को जिम्मेवारी बाँनियालाई

नेपाली सेनाका सहायक रथी दीपक बाँनियालाई संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।

हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा गरिएको हो ।

सहायक रथी बाँनियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्नुहुने भएको छ । उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रुपमा कार्यरत रहेका छन् ।

उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी गरी झन्डै २ हजारको हाराहारीमा कार्यरत रहेको बताइएको छ ।  नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button