खबर

अब्दुल्लाहको रिहाइ आदेश

(एजेन्सी)
विगत सात महिनादेखि हिरासतमा राखिएका भेटरान काश्मिरी विधायक तथा पूर्वमुख्यमन्त्रीलाई भारत सरकारले रिहा गर्ने घोषणा गरेको छ। तर, नेता फारुक अब्दुल्लाहको रिहाइका लागि कुनै कारण भने खुलाइएको छैन।
उनले आफ्नो स्वतन्त्रताका लागि लड्ने सम्पूर्ण व्यक्तिप्रति कृतज्ञता व्यक्त गर्नुका साथै हिरासतमा रहेको अन्यको रिहाइका लागि पनि आह्वान गरेका छन्।
गत वर्षको अगस्टमा काश्मिरलाई अर्धस्वायत्तताबाट हटाइनु एक दिनअघि अस्थिरता फैलिन नदिन हजारौं स्थानीय नेतालगायत उनलाई पनि नजरबन्द बनाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button