खबर

सार्वजनिक जग्गा हडपे जनकार्वाही गर्ने जनपरिषदको चेतावनी

दाङ : दाङ घोराही कर्मचारी मिलन केन्द्रदेखि दक्षिण भागमा रहेको खाद्य संस्थान स्थित सार्वजनिक जग्गा मास्न नपाइने भन्दै विभिन्न संघ संस्थाहरुले गरिरहेको विरोधप्रति नेकपाको जिल्ला जनपरिषद दाङले पूर्ण रुपमा समर्थन गरेको छ । साथै जिल्ला जनपरिषदले उक्त जग्गा लिने दिने कार्यमा पछि नहटे जनकारवाही गर्ने चेतावनी समेत दिएको छ।


जिल्ला जनपरिषद् दाङका प्रमुख आकाशले एक प्रेस विज्ञप्ति जारी गरि आपत बिपतमा आबश्यक पर्ने, केहि सार्बजनिक कार्यक्रमहरू समेत हुदै आएको उक्त खालि जमिन संरक्षण गर्नुपर्ने आवश्यकता रहेको, उक्त खालि ठाउँ ब्यापारिक प्रयोजनका लागी उपयुक्त नभएको, खुल्ला ठाउँ संरक्षण गरि राख्दा नै समग्र जनता र नगरवासीलाई उपयुक्त हुने भएकोले उक्त जग्गा लिजमा लिने दिने काम बन्द गर्न आग्रह गरेका छन्। आइतबार जारी गरिएको जनपरिषदको बिज्ञप्तिमा डबल नेकपाका केही नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पूर्तिको लागी सत्ता र शक्तिको दुरुपयोग गर्दै उक्त जग्गा हडप्न खोजेको भन्दै आफनो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।२०७६, २ चैत्र आईतवार १६:२० ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button