खेलकुद

पीएसजीका डिफेन्डर डर्टमन्डमा

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का बेल्जियन डिफेन्डर थोमस म्युनियर जर्मन क्लब बोरुसिया डर्टमन्डमा जाने पक्का भएको छ । डर्टमन्डले थोमस म्युनियरलाई ४५ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध सफल भएको हो ।

यससँगै उनी आउदो समर सिजनमा डर्टमन्ड पुग्नेछन् । पछिल्लो समय पार्क डि प्रिन्सेस मैदानमा म्युनियरले कमै मात्रामा मौका पाएका थिए । सोही कारण पनि २८ वर्षीय म्युनियरले क्लब छाड्ने निर्णय गरेको हो । म्युनियर यो सिजन क्लब छाड्ने चौथो खेलाडी बनेका छन् ।

यससँगै म्युनियर आफ्ना बेल्जियन अन्तर्राष्ट्रिय सहयात्री एक्सेल विस्टेल, थोर्गन हजार्ड र अचरफ हाकिमीसँग क्लब फुटबलमा पनि सँगै हुने भएको छ । डर्टमन्डले चार वर्षअघि पनि म्युनियरलाई अनुबन्ध गर्न चाहेको थियो । तर, उनले त्यतिबेला पीएसजी रोजेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अघि डर्टमन्डलाई च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट नकआउट गर्न म्युनियरको भुमिका महत्वपुर्ण रहेको थियो ।

लेभिन कुर्जावा, एडिन्सन काभनी र थियागो सिल्भाको पनि यसै सिजनको अन्त्यसँगै पीएसजीमा सम्झौता सकिदैछ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button