काठमाण्डौं । भारतमा डिसेम्बर १६ , २०१२ मा दिल्लीमा सार्वजनिक बसमा यात्रा गरीरहेकी डा. निर्भयामाथि साझँ ६ जनाको समुहले जबरजस्ती बलात्कार मात्रै गरेनन्, यातना दिए , पाशविक तवरले उनको योनीमा समेत फलामका रड घुसारेर क्षत विक्षत बनाईदिए । त्यस पछि देशभर दोषीलाई फाँसीदिन माग गर्दै आन्दोलन भयो । निर्भयाकी आमाले लामो सघर्ष गरिन् र मार्च २० को सूर्योदय निर्भया र देशकी छोरीको नाममा उदाएको बताईन् । अर्थात यस सूर्योदय अघि निर्भयामाथि पाशविक बलात्कार र हत्या गर्ने चार जना मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई फाँसीमा झुण्ड्याए पछि उनको प्रतिकृया थियो यो । फाँसी दिईसक्ने वित्तिकै हजारौ महिला र पुरुषहरु जेल बाहिर जम्मा भएर अब कुनै पनि छोरीहरुमाथि यस्तो घटना नहोस् भनेर र्याली गरे ।
भारतमा बलात्कार तथा हत्याको मामलामा भएको यो निकै ठूलो सजाय र कार्यन्वयन हो ।
नेपालमा पनि बलात्कार र हत्याका घटना पछिल्लो समय तीव्र बनीरहेको छ र अपराधीहरुलाई फाँसीको सजाय हुनु पर्ने माग उठिरहने गरेको छ ।
भारतकी निर्भयाको आत्माले शान्ति र न्याय पाएको बेला नेपालमा पनि त्यसरी नै बलात्कार पछि विभत्स हत्या गरिएकी १३ बर्षीय बालिका निर्मला पन्तले अझै न्याय पाउन सकेकी छैनन् । २०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएकी निर्मलालाई उखुबारीमा लगेर बलात्कार गरी हत्या भएको प्रमाणित भएको थियो ।
तर देशभर धर्ना, जुलुश, आन्दोलन सबै क्षेत्रबाट भए पनि अझै सम्म उनको दोषी किटान हुन सकेको छैन । पटक पटक छानविन समिति बन्ने , प्रहरी अधिकारीहरु नै निलम्बनमा पर्ने सम्मको घटना भए पनि निर्मलाले न्याय पाउन सकेकी छैनन् । निर्मलाको त्यो बर्बरतापूर्ण बलात्कार र हत्या पछि पनि अरु त्यस्ता थुप्रै घटना भईसकेका छन् तर देशले निर्मलालाई अझै न्याय दिलाउन सकेको छैन । उनले कहिले न्याय पाउने हुन् त्यो अझै निश्चित छैन ।मिर्मिरे अनलाइन



