
इटहरी / नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्वलाई नै आतंकित बनाईरहेको बेला मुलुकका अधिकांश स्थानमा दैनिक अत्यावश्यक सामाग्रीको रुपमा रहेको खाना पकाउने ग्याँस र नुनको चरम अभाव भएको छ ।
प्रदेश नम्बर १ को केन्द्रविन्दुको रुपमा रहेको इटहरीका कुनै पनि पसलमा नुन र खाना पकाउने ग्याँस नपाईको गुनासो प्रदीप गुराँगाईले गरेका छन् ।
कोरोना भाइरसको कारण मुलुकमा कठिन परिस्थितिको सृजना हुँदै गईरहेको अवस्थामा बजारमा कृतिम अभाव भएको हुनसक्ने उपभोक्ताहरुले आशंका गरेका छन् ।
सरकारले दैनिक उपभोग्य सामाग्रीको पर्याप्त मौज्दात रहेको र कसैले संकटको घडीमा कालोबजारी गरे कडा कारबाही गर्ने बताईरहेका बेला बजारमा अत्यावश्यक सामाग्रीको अभाव भएको हो ।
प्रभावकारी रुपमा बजार अनुगमन गरी कालोबजारी गर्ने व्यापारीलाई कारबाही नहुँदा संकटको घडीमा जहिल्यै उपभोग्य वस्तुको अभाव हुने गरेको गुनासो आम उपभोक्ताहरुको रहेको छ । सञ्चारपाटी




