एजेन्सी । यी तस्वीरमा देखिएका व्यक्ति हुन् पवन । उनलाई फाँसी दिनु पर्नेलाई झुण्ड्याउने जिम्मा दिने गरिएको छ जेलहरुमा । यीनै जल्लाद पवनले मार्च २० मा निर्भयाका बलात्कारी तथा हत्या आरोपीलाई बिहान भारतीय समय अनुसार साढे ५ बजे तिहाड जेलमा फाँसीमा झुड्याए । त्यस अघि उनले के के गरे , फाँसीमा कसरी झुड्याए भन्ने बारे उनले मुख खोलेका छन् ।
उनका अनुसार १७ मार्चमा उनी तिहाड जेल बोलाईए । उनले फन्दालाई दही र मख्खन पिलाएर नरम पार्दै ट्रायल गरीरहे । पछि २० मार्चमा शुरुमा अक्षय र मुकेश त्यस पछि पवन र विनयलाई फाँसीको तख्तामा चढाएको उनले बताए ।
फाँसी घरमा कसैलाई पनि बोल्ने अनुमति थिएन । त्यसैले उनले केवल ईशाराले काम गरीरहे । उनले आफूले धर्म निभाएको र पुस्तौ देखि यो काम गर्दै आएको बताए । फाँसीमा झुण्डिएर मर्नु अघि अक्षय ठाकुर, विनय शर्मा, मुकेश सिंह र पवन गुप्ताले कुनै पश्चाताप नगरेको उनको अनुभव छ । जल्लादले भने, म १७ मार्चमै मेरठबाट तिहाड आएर फन्दालाई मख्खन र दही हालेर डमी ट्रायल गर्न थालेको थिँए । २० मार्च बिहान ४ बजे नै फाँसीलाई दुरुस्त बनाए । चारै दोषीलाई हात बाधेर फन्दा सम्म ल्याईयो । हरेक दोषीका वरीपरी ५ जना बन्दीरक्षक थिए । तीनै बन्दीरक्षकहरुले उनीहरुलाई तख्तामा खडा गरे । चारै जनाको फन्दालाई लिभरसगँ जोडिएको थियो । फन्दालाई गलामा टाईटसगँ कसेर जेल अधिकारीको ईशारामा मैले लिभर ताने । उनीहरु झुण्डिए पवनले बताए ।
त्यस बापत ६० हजार रुपैया भारु पवनले प्राप्त गरेको बताईन्छ ।
२० मार्चमा निर्भयाको बलात्कार तथा हत्या मामलामा चार जनालाई झुण्ड्याएर मारिए पछि त्यसको संसारभर चर्चा छ ।मिर्मिरे अनलाइन




