कृषि र किसान

अदुवा पखाल्ने पोखरी प्रयोग बिहिन

दिपक शर्मा

सल्यान। जिल्लामा अदुवा पखाल्नका लागि निमार्ण गरिएका पोखरी प्रयोग विहिन भएका छन् । पोखरीमा सफा गरेर बजारीकरण गर्न निमार्ण गरिएका पोखरी प्रयोग विहिन बनेका हुन ।जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरमा चार लाख ४० हजारको लागतमा निमार्ण गरिएका दुई पोखरी प्रयोग विहिन बनेका छन् ।

सुरुका केही बर्ष प्रयोगमा आएपनि व्यापारी सिधै किसानको बारीमै गएर अदुवा किन्न थालेपछि प्रयोग बिहिन बनेको ढोरचौर कृषि सहकारी संस्थाका अध्यक्ष कुलबहादुर गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सञ्चालन गरेको एक दुई वर्ष किसानले पोखरीमा सफा गरेर बिक्री गर्ने गर्थे तर आजभोली अदुवा सिधै बारीबाटै बिक्री हुने भएकाले प्रयोगमा आउन सकेको छैन् ।’

प्याक्ट सुर्खेतको अनुदानमा ढोरचौर कृषि सहकारी संस्थाले दुई लाख २० हजार र माल्नेटा कृषि सहकारी संस्थाले दुई लाख ४० हजारको लागतमा अदुवा पखाल्ने पोखरी निमार्ण गरेका थिए । नौ लाख ४० हजारको लागतमा दुई पोखरी र दुई कोठे अदुवा संकलन भवन गरी निमार्ण गरिएको छ ।

सहकारीको भवन अहिले नयाँ ठाउँमा सारेका कारण पनि भवन प्रयोग बिहिन भएको ढोरचौर कृषि सहकारी संस्थाका अध्यक्ष गिरीको भनाई छ ।क्षणिक आवश्यकताभन्दा दिर्घकालिन योजना बन्न नसक्दा धेरै योजनाहरु प्रयोग विहिन बन्दै गएको स्थानीय किसानहरुको भनाई छ ।

योजनाको माग गर्ने तर योजना आइसकेको पछि त्यसको प्रयोग नगर्ने बानी सबैको रहेको स्थानीय किसान वेदबहादुर गिरीले बताउनुभयो । पोखरी र भवन एक वर्ष प्रयोग आएपनि अहिले प्रयोग विहिन भएको उहाँको भनाई छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button