खबर

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरसको संक्रमण

एजेन्सी।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन्। जोन्सनले ट्वीटरमार्फत् भनेका छन्- ‘म केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्नेछु र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुनेछ।’

उनले विगत २४ घन्टाभित्र आफुलाई हल्का ज्वरो आउने र खोकी लाग्ने जस्ता सामानय लक्षण देखापरेको बताएका छन् । उनी आफु नम्बर १० मा सेल्फ आइसोलेट भएर बसेपनि सरकारी कामकाज भिडियो कन्फरेन्स मार्फत जारी राख्ने बताएका छन् ।

राष्ट्रव्यापि रुपमा कोरोना प्रकोप विरुद्ध लागिपरेका स्वास्थकर्मिहरुलाई धन्यवाद दिने क्रममा पछिल्लो पटक उनलाई विहिवार राति डाउनिंग स्ट्रिट बाहिर ताली बजाउँदै गरेको अवस्थामा भेटिएका थिए । वेलायतका प्रमुख चिकित्सकीय अधिकारी प्राध्यापक क्रिस व्हिटीको व्यक्तिगत सल्लाह अनुसार उनको नम्वर १० मा चिकित्सकहरुले कोरोना परिक्षण गरेको डाृनिंग स्ट्रिटले जनाएको छ ।

तर उनी कोरोना भाइरस विरुद्धको अभियानको प्रमख पदमा रहि नै रहने बताइएको छ । यसै साताको शुरुमा प्रधानमन्त्रीका प्रवक्ताले यदि उनी बिरामी भएकाे खण्डमा उनको जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबले सम्हाल्ने जनाएका थिए । अहिले सम्म वेलायतमा ११ हजार ६ सय जना संक्रमित भइसकेका छन् भने ५ सय ७८ जनाको ज्यान गइसकेको छ ।उनी कोरोना भाइरसको संक्रमण हुने विश्वमै पहिलो प्रधानमन्त्री हुन्।newsofnepal

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button