खबर

मोदीले माफी मागे

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लक डाउनका कारण करोडौं जनताले कठिनाई ब्यहोर्नु परेको कारण आइतवार क्षमयाचना गरेका छन् ।

कोरोना भाइरसको सन्त्रासको कारण यसरी अचानक सट डाउन गरिँदा योजना तथा तयारीको अभाब भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । सरकारले चार घन्टा भन्दा कम समय अगाडि मात्र लक डाउनको सुचना प्रवाह गरेको थियो । भारतको कूल १ अर्व ३० करोड जनत मध्ये अधिकांश भेका र बेरोजगार रहेका छन् ।

लक डाउनपछि लाखौं आन्तरिक आप्रवासी श्रमिक सयौं किलोमिटर दूरी हिंडेर आफ्नो गाउँ जना बाध्य भएका छन् । रेडियो मार्फत राष्ट्रलाई साप्ताहिक सम्बोधन गर्ने क्रममा मोदीले सबैलाई अनिवार्य रुपमा घर घरमा बस्न लगाउँदा जीवन शैलीमा परेको कठिन असर प्रति क्ष्मायाचना गरेका हुन् ।उनले कोरोना महामारी फैलिन रोक्न यो बाहेक अरु कुनै उपाय नभएको बताएका छन् ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button