एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले आफ्ना युवा स्टार जाडोन सान्चोले आउदो समरमा बेच्ने संकेत दिएका छन् । खेलाडीले चाहेको कुरालाई आदर गर्नुपर्ने भन्दै क्लबले सान्चोले चाहेको अवस्थामा बेच्न सक्ने संकेत दिएका हुन् ।
तर, डर्टमन्डले सान्चोलाई थोरै मुल्यमा नबेच्ने बताएका छन् । सान्चो २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्ड पुगेका थिए । सोही बेलादेखि नै सान्चो इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटको नजरमा पर्दा इंग्ल्यान्डको राष्ट्रिय टोलीमा मौका पाइरहेका छन् ।
उनले डर्टमन्डमा निकै उच्च प्रदर्शन गरिरहेका छन् । इंग्ल्यान्डका २० वर्षीय युवा स्टार अनुबन्ध गर्न इंग्लिस क्लबहरु म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीसँगै स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले पनि चासो देखाइरहेका छन् ।
‘तपाई हामीले खेलाडीले चाहेको कुरालाई आदर गर्नुपर्छ । सान्चोको मुल्य १०० मिलियन पाउन्ड राखिएको छ । हामी हाम्रो स्टारलाई हामीसँगै राख्न चहान्छौं । हामीले उनी क्लबमै बस्ने विश्वास गरेका छन् । उनी २० वर्षका छन् । तर, भन्न सकिने अवस्था छैन ।’ डर्टमन्डका सिइओ हान्स जोआचिम वाटत्केले भने, ‘धेरै धनी क्लबहरु उनको मोलमोलाईमा जान सक्दछन् । यो हामीले अनुमान गरेको कुरा हो । तरु, हामी उनको भ्यालुभन्दा कम मुल्यमा बेच्ने छैनौं ।’
सान्चो अनुबन्ध गर्न अहिले सबैभन्दा अघि म्यानचेस्टर युनाइटेड उभिएको छ । युनाइटेडले २०१६ मा पउल पोग्वालाई अनुबन्ध गर्न ८९ मिलियन पाउन्ड खर्चेका थिए । सान्चोलाई युनाइटेडले त्यो भन्दाी बढी मुल्यमा खरिद गर्नुपर्नेछ । र २०१६ को रेकर्डलाई तोड्ने दाउमा युनाइटेड रहनेछ । सान्चोको लागि लिभरपुल, चेल्सी, बार्सिलोना र युभेन्टसले पनि १०० मिलियन भन्दा बढी खर्च गर्न सक्नेछ ।
सान्चोले यो सिजन डर्टमन्डबाट ३५ खेल खेल्दै १७ गोल गर्दा १९ असिस्ट दिएका छन् । जर्मन बुन्डेस लिगमा डर्टमन्ड शीर्ष स्थानको बायर्न म्युनख भन्दा ४ अंकले पछि छ । सान्चोले बुन्डेस लिगाको २३ खेलमा १४ गोल र १६ असिस्ट दिएका छन् । च्याम्पियन्स लिगमा ८ खेलमा २ असिस्ट र २ गोल, जर्मन सुपर कपमा १ खेलमा १ गोल र १ असिस्ट दिएका छन् ।hamrokhelkud/from




