खबर

गरीब परिवारलाई नक्सलबारी पुलिसद्वारा खाद्य सामाग्री वितरण

नक्सलबारी: लकडाउनको कारण नक्सलबारी थाना अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरूमा रहेको घर विहिन तथा गरीब परिवारका सदस्यहरूलाई चिन्हित गरेर नक्सलबारी पुलिस थानाले खाद्य सामाग्री वितरण गरिरहेको छ। यसबारे नक्सलबारी थाना ओसी सुजीत दासले बताएअनुसार लकडाउनलाई ध्यानमा राखेर क्षेत्रका गरीब बेसहारा मानिसहरूलाई खानाको असुविधा नहोस् भनेर खाद्य सामाग्री वितरण गरिँदैछ। हालसम्म 90 परिवारलाई खाद्य सामाग्रीहरूमा चामल, दाल, आलू, नून र खाने तेल वितरण गरिसकेको साथै अन्य गरिब परिवारका सदस्यहरूलाई पनि खाद्य सामाग्री पुऱ्याइने कार्य जारी रहने पुलिस ओसी सुजीत दासले बताएका छन्।siliguritimes/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button