मूल खबरस्वास्थ्य

‘देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा’ — देबकोटा

ललितपुर– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको आशंकामा अहिले सम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरीएको बताए ।

कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी दिन आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत सो जानकारी दिइएको हो ।

हालसम्म भएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको र १ जना निको भइसकेको प्रवक्ता देवकोटाले जानकारी गराए ।

देबकोटाका अनुसार कोरोना संक्रमणको आशंकामा आज मात्र ८७ जना केन्द्र र प्रदेश अस्पतालहरुमा आइसोलेसनमा रहेका छन् ।

अहिले सम्म एक हजार ६० वटा टेष्ट गरेका छौं, आइसोलनसमा रहेका टेकु अस्पतालमा १० जना र प्रदेशहरुमा ७७ जना गरी ८७ जना आजको दिनमा सम्भावित विरामीहरु आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता देवकोटाले भने, ‘उहाँहरुको हामीले नमूना परीक्षण गछौं ।’

देवकोटाले कोरोना संक्रमित भएर आइसोलेनमा भएका बिरामीको सम्पर्कमा रहेका ८० प्रतिशत व्यक्तिलाई सम्पर्कमा ल्याइसकेको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button