एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बार्सिलोनाका विंगर औसमाने डेम्वेलेलाई अनुबन्ध चाहेको बताएका छन् । स्पेनिस क्लब बार्सिलोनाको फ्लप रहेका फ्रान्सका विंगर डेम्वेले अनुबन्ध गर्न क्लोपले चासो देखाएको हो ।
चोटका कारण डेम्वेले बार्सिलोनामा आफ्नो प्रभाव छोड्न असफल भएको थियो । डेम्वेले अहिले पनि चोटसँग नै जुधिरहेको छ । ‘डेम्वेलेको प्रशंसक हुँ । उनी अहिले चोटसँग जुधिरहेको छ । तर, मलाई विश्वास छ । नी चोटबाट फिट हुने बित्तिकै आफ्नो पुरानो फर्ममा आउन सक्नेछ । उनले छोटो समयमै जर्मन क्लब बोरुसिया डर्टमन्डमा राम्रो प्रभाव जमाउन सफल भएका थिए ।’ जर्मन प्रशिक्षक क्लोपले भने ।
स्पेनिस क्लब बार्सिलोनाले डेम्वेले बेच्ने बताइरहेको छ । लिभरपुलले डेम्वेलेलाई ८० मिलियन पाउन्डसम्म खर्च गर्ने तयारी गरेको छ । डेम्वेले २०१७ मा १०० मिलियन पाउन्डमा डर्टमन्डबाट बार्सिलोना पुगेको थियो । बार्सिलोना पुगेदेखि नै डेम्वेलेले चोटसँग संघर्ष गरिरहेको छ । बार्सिलोनाले डेम्वेले बेचेर इटालियन क्लब इन्टर मिलानका लोटारो मार्टिनेजलाई अनुबन्ध गर्नु प्रयासमा छ ।

डेम्वेलेले गत नोभेम्वरमा च्याम्पियन्स लिगमा आफ्नै पुर्व क्लब डर्टमन्डविरुद्धको खेलमा चोट बोक्न पुगेको थिए । त्यसयता उनी मैदान बाहिर छन् । उनले यो सिजन तीन खेल मात्रै खेलेका छन् । २२ वर्षीय डेम्वेलेलाई बार्सिलोनाले नेयमारको विकल्पमा अनुबन्ध गरेको थियो । नेयमार त्यतिबेला विश्व कीर्तिमानी २२२ मिलियन पाउन्डमा फ्रेन्च क्लब पीएसजी पुगेका थिए ।hamrokhelkud/from




