स्वास्थ्य

७ आरोपसहित स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ- स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबारमन्त्री ढकालविरुद्ध उजुरी दिएका हुन्। पौड्यालले बुधबार अख्तियारको वेबसाइटमा मन्त्री ढकालकाविरुद्ध उजुरी दिएको बताएका हुन्।

बजार दरभन्दा महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता गरेको आरोप पौड्यालले लगाएका छन्। यसैगरी मेडिकल उपकरण खरिदमा रातारात आफूनिकटका व्यवसायीलाई सेटिङ मिलाएको र वाणिज्य विभागमा दर्ता नै नभएको कम्पनीलाई टेन्डर दिलाएर भ्रष्टाचार गरेको पौड्यालले लगाएको आरोपमा उल्लेख छ।

ठूला भ्रष्टाचार काण्डहरू (वाइडबडी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि)मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्गप्रसाद ओलीले मेडिकल सामग्री खरिद काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको आरोप लगाइएको छ।

यी हुन् उजुरीमा लगाइएका आरोपः
१. तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको,

२. बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको

३. खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको

४. मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको

५. वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको

६. विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको

७. यस अघिका ठूला भ्रष्टाचार काण्डहरू (वाइडबडी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि)मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button