
एजेन्सी, मुम्बई
अभिनेता अजय देवगन बिहीवार आफ्नो ५१औं जन्मदिन मनाइरहेका छन् । फिल्म ‘फूल और कांटे’ देखि यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘तानाजी’ सम्मको सफर तय गरेका उनी इन्डस्ट्रीका ती नक्षत्र हुन्, जो कयौं वर्षपछि पनि प्रासंगिक बनिरहेका छन् । ९० को दशकमा आफ्नो करिअर सुरु गरेका उनले अहिलेको समयमा एउटा फिल्म गर्नका लागि भारी रकम लिने गर्दछन् ।
अजय देवगन कारका सौखिन हुन् । उनीसँग उत्कृष्ट कार कलेक्सन छ । उनले वर्ष २००६ मा मसेराटी क्वाट्रोपोर्टे कार खरिद गरेका थिए । यो कार किन्ने उनी पहिलो भारतीय हुन् । यो कारको मूल्य २ करोड ८ लाखको आसपास पर्छ । उनीसँग रेन्जरोभर भोग गाडी पनि छ । यो कार आफ्नो सोलिड अफ-रोड परफर्मेन्सका लागि परिचित छ र यसको मूल्य २ करोड ७ लाख पर्छ ।
यसका अलावा उनीसँग प्रतिष्ठित ब्रान्ड मर्सीडीज बेन्ज एस क्लास कार पनि छ । यो लग्जरी कारको मूल्य १ करोड ४ लाख छ । अभिनेता अजय देवगन टू-सीटर कार बीएमडबल्यू जेड ४ का पनि मालिक हुन् । यो कार युवाहरुबीच लोकप्रिय छ । यो कारको मूल्य लगभग ९८ लाख पर्छ । उनीसँग रोल्स रोयस कलीनन पनि छ । यो सुपर लग्जरी कारको मूल्य ६ करोड ९५ लाख पर्छ ।
अजय देवगन बलिउडका ती अभिनेता हुन्, जोसँग प्राइभेट जेट पनि छ । उनले सन् २०१० मा जेट खरिद गरेका थिए । उनी यो जेटको प्रयोग फिल्मको छायांकन, प्रमोसन र पर्सनल ट्रिप्सका लागि गर्दछन् । हकर ८०० नामको यो जेटको मूल्य ८४ करोड बताइएको छ । अजयले यो जेट बेचिसकेको भारतीय मिडियाको दाबी छ । तर, उनले भने यो कुराको जानकारी गराएका छैनन् ।filmykhabar/from




