ललितपुर– गण्डकी प्रद्रेशको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका छन् ।
पछिल्लो परिक्षणमा उनी कोरोना भाइरसका सातौं संक्रमित हुन् ।
गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपालमा आएका थिए ।
संघीय ( केन्द्र) सरकारले कोरोना भाइरसको परिक्षण्का लागि प्रदेशहरुमा पठाएको पोर्टेवल पीसीआर मेसिनमा नमूना परीक्षणका क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यद्यपि गण्डकी प्रदेश सरकारले संक्रमणको पुनः पुष्टि गर्न ती व्यक्तिको स्वाव काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जानकारी गराएको छ ।




