खबर

भ्याक्सिन मुसामा परीक्षण, सफलता मिलेको बैज्ञानिकहरुको दावी

काठमाडौं।

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस बिरुद्धको अनुसन्धानमा जटेको युनिभर्सिटी अफ पिटसबर्गको स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन जनावरमा परीक्षणमा सफता मिलेको दावी गरेका छन ।

सो युर्निभरसिटीले मुसामा गरेको परीक्षणमा भ्याक्सिनले शरीरमा कोभिड–१९ विरुद्ध लड्ने विशेष एन्टिबडी उत्पादन गरेको दावी गरेको छ । सो युर्निभरसिटीका अनुसन्धानकर्ताहरुले मुसाले कोरोना भाइरसलाई मार्न पर्याप्त एन्टिबडी उत्पादन गरेको दावी गरेका हुन ।

कोरोना भाइरस बिरुद्धको भ्याक्सिन बनाउन अनुसन्धान गरिरहनु भएका डा. एन्ड्रिया गाम्बोट्टोले अनुसन्धानकर्ताले पहिल्यैदेखि यस्तै किसिमको भाइरसविरुद्ध प्रयोग हुने भ्याक्सिनमा काम गरिरहेकोले यति छिटो भ्याक्सिन विकसित गर्न सफल भएको दावी गर्नु भएको छ ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button