खबर

जन्मदिनमा खाद्यान्न सहयोग

धुलाबारी ,अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएकी सीता उप्रेतीले शुक्रबार९आज० अति विपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेकी छन् ।
आफ्नो ५२ औं जन्मदिनको अवसर पारेर उनले मेचीनगर( १० स्थित बुद्ध टोलमा बसोबास गर्ने निम्न वर्गका २४ परिवारलाई ती सामग्री सहयोग गरेकी हुन् ।
सीताका श्रीमान् बालकृष्णले जन्मदिनमा वर्षेनी गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यसवर्ष चामल, दाल, खानेतेल, नुन र चिनी वितरण गरिएको बताए ।
बालकृष्णकी भाउजू गीता उप्रेती, सीताकी बहिनीरज्वाईं तुलसार ध्रुव कँडरिया तथा ज्वाईं केशव सिटौलाले ती सामग्री हस्तान्तरण गरेका थिए ।
बालकृष्णका दाजु लक्ष्मीप्रसाद उप्रेतीका अनुसार सरकारले लागू गरेको लकडाउनलाई मध्यनजर गर्दै सामूहिक रूपमा कार्यक्रम नगरी घरघरै पुगेर २० हजार रुपैयाँ मूल्य बराबरका खाद्य सामग्री प्रदान गरिएको हो ।
आफ्नै घरमा खाद्य पदार्थ पाउँदा खुशी व्यक्त गर्दै सुमित्रा राजवंशीले बन्दकाबेला पाएको सहयोगले राहत मिलेको प्रतिक्रिया दिँदै दाता परिवारलाई धन्यवाद दिईन् ।
मेचीनगर( १० स्थायी घर भई हाल अमेरिकामा रहेका बालकृष्ण र सीता उप्रेतीले जन्मदिनमा वर्षेनी विपन्न परिवारलाई सहयोग गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button