एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले हान्सी फ्लिकलाइै पुर्णकालिन प्रशिक्षक बनाएका छन् । अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका बायर्नकै पुर्व मिडफिल्डर फ्लिकसँग शुक्रबार सम्झौता गरेसँगै उनी बायर्नको पुर्णकालिन प्रशिक्षक बनेका हुन् ।
बुन्डेसलिगा च्याम्पियन बायर्नले फ्लिकसँग २०२३ सम्म बस्ने गरी सम्झौता गरेका छन् । ५५ बर्षीय प्रशिक्षक सिजनको सुरुवातमा निको कोभाकको सहायकको रुपमा क्लबमा जोडिएका थिए । प्रदर्शनमा असन्तुष्ट बायर्नले गत नोभेम्बरमा मुख्य प्रशिक्षक कोभाकलाई बर्खास्त गर्दै सहायक फ्लिकलाई अन्तरिम प्रशिक्षकको रुपमा सिजनको अन्तिमसम्म क्लब हेर्ने जिम्मेवारी दिएको थियो ।
उनको प्रशिक्षणमा बायर्नले उच्च प्रदर्शन गरिरहेकको छ । उनले टिम सम्हाल्नुअघि बायर्न बुन्डेस लिगको चौथो स्थानमा रहेको थियो । तर, अहिले बायर्नले शीर्षस्थानमा ४ अंकको अग्रता लिन सफल भएको छ । उनको प्रशिक्षणमा बायर्नले २१ खेलमा १८ मा जित निकालेको थिए । बायर्नका सिइओ कार्ल हेन्ज रुम्मेनिगबाट प्रशंसा पाएका उनलाई क्लबले पूर्णकालिन प्रशिक्षकमा प्रस्ताव गरेको थियो । उनी त्यसमा सहमत भएको हो ।
‘उनको कामबाट क्लब धेरै खुसी छ ।’ सिइओ रुम्मेनिगले भने, ‘उनको नेतृत्वमा टिमको प्रदर्शन राम्रो भइरहेको छ । हामीले आक्रमक फुटबल खेलिरहेका छौ । जसको प्रभाव नतिजामा समेत देखिएको छ ।’ हान्सीले मिडफिल्डरको रुपमा बायर्नबाट १ सय ४ खेल खेलेका थिए । उनले चोटका कारण सन् १९९३ मा खेलाडीको रुपमा सन्यास लिएका थिए ।
यस्तै क्लबले उनीसँग क्षमता रहेको र उनीमा बायर्नले भरोसा राखेको र क्लबले उनको प्रशिक्षणमा अझै माथि पुग्न सकिनेमा विश्वस्त रहेको बताएका छन् । उनी बायर्न आउनुअघि जर्मनी टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनले जोचिम लोउको नेतृत्वमा सन् २००६ देखि २०१४ सम्म सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।hamrokhelkud/from



